नेकपाका दुई कार्यकर्ता गिरफ्तार

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाका दुईजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालयले ज्यान मार्ने मुद्दा लगाएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार नेकपा कैलाली कैलारी गाउँपालिकाका सेक्रेटरी अरुण थारू र एरिया सदस्य शैलेन्द्र विकलाई साङ्गठनिक कामको सिलसिलामा कैलारी गाउँपालिकाको खरट्टीबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरी ज्यान मार्ने मुद्दा लगाएर ५ दिन म्याद थपेको छ ।

२०७५ पुस १७ गते मङ्गलरबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :