वाइडबडीमा अर्बौंको घोटाला

काठमाडाैँ : नेपाल वायु सेवा निगमले किनेका दुईवटा वाइडबडी जहाजमा खरिद मूल्यभन्दा तीन अर्ब ४० करोड रुपैयाँ बढी तिरिएको देखाएर कम क्षमताको भारवहन गर्न सक्ने जहाज खरिद गरी बढी भारवहनको देखाई अर्बांै घोटाला भएको प्रमाणित नै भएको छ ।

सबैतिर वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको आवाज उठेपछि अनियमितताबारे प्रारम्भिक अनुसन्धान गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सन् २०१६ को दरअनुसार आधारभूत मूल्य ९ अर्ब ८६ करोड भएकोमा अहिले १० अर्ब ४० करोड पर्ने भनिए पनि १२ अर्ब १० करोडमा खरिद गरिएको भनिएको छ । यसरी पहिलाको मूल्यमा एक अर्ब ७० करोड बढी तिरिएको जनाइएको छ । तर संसदीय उपसमितिले चार अर्बको अनियमितता भएको निष्कर्ष निकालेको छ ।

यहाँ देखिएको यो प्रमाणित भ्रष्टाचारबाहेक अन्य विभिन्न शीर्षक र विशिष्टीकरणलाई बेवास्ता गर्दा सरकार, पर्यटन तथा उड्डयन मन्त्रालय, वायुसेवा निगमका तत्कालीन प्रमुखको मिलोमतोमा ६ अर्बबराबरको भ्रष्टाचार गरिएको जनाइएको छ । यसरी एउटा विमान खरिद गर्दा खुलमखुला भ्रष्टाचार भैरहँदा पनि विभिन्न बहाना बनाएर त्यसलाई टार्ने काम भइराखेको छ । आमजनतालाई थाहा भैसकेको अवस्थामा सञ्चारमाध्यममा दिनदिनै समाचार बनिरहँदा र सरकारले अहिलेसम्म भ्रष्टाचारी किटान भैसक्दा पनि कारबाही गरिराखिएको छैन । यस्तो अवस्थामा जनताले यस्ता भ्रष्टाचारीलाई कसले कारबाही गरिदिने होला भनी आवाज उठाउन थालेका छन् ।

२०७५ पुस १७ गते मङ्गलरबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :