किसान महासङ्घ (क्रान्तिकारी)का नेता बिष्टलाई पितृ शोक, संयोजक कार्कीद्वारा दुःख व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य नविन बिष्टका बुबा दयाराम बिष्टको ८६ वर्षको उमेरमा पुस १२ गते निधन भएको छ ।

दयाराम विष्ठको निधनप्रति अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का संयोजक राजु कार्कीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गरेका हुन् ।

संयोजक कार्कीले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदनासमेत व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य क. नविन बिष्टका बुबा दयाराम बिष्टको ८६ वर्षको उमेरमा मिति २०७५/०९/१२ गतेका दिन असामयिक निधन भएकोले गहिरो दुःख व्यक्त गर्दछौं साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

२०७५ पुस १६ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :