अध्यक्ष चिरञ्जीवी ढकालको स्पष्टोक्ति

काठमाडौँ : अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले राजन राई समेतका व्यक्ति आफ्नो सङ्गठनको कुनै तहमा नरहेको स्पष्ट पारेका छन् । उनले आज एक विज्ञप्ति प्रकाशित गरि अखिल (क्रान्तिकारी)बाट राजन राई समेतका व्यक्ति केपी–प्रचण्डको गठबन्धनमा प्रवेश भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

अध्यक्ष ढकालले आफ्नो सङ्गठनको कुनै तहमा नरहेका व्यक्ति केपी–प्रचण्डको गठबन्धनमा प्रवेश भन्ने समाचार सत्य नभएको बताएका हुन् ।

विज्ञप्ति भनिएको छ, ‘संगठनको साधारण सदस्य समेत नरहेको र चिन्दैनचिनेका व्यक्तिहरु हाम्रो सङ्गठनबाट गएको भनेर केपी–प्रचण्डको पार्टीमा लम्पसार पर्न गएपछि गतिलै फल पाइला भनेर सोच्नु जोगीको घरमा सन्यासी पाहुना भने जस्तै हो ।’

२०७५ पुस १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :