केपी सरकारले फेरि लगायो सर्लाहीका सुकुमबासीहरूको उठीबास, नेकपा सर्लाहीको कडा आपत्ति

  जनकपुर : केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले शुक्रबार फेरि सर्लाहीको बागमती नपा ३ धरहरामा सुकुमबासीहरूका ५० वटा घर भत्काएर उठीबास लगाएको छ । सरकारले यसअघि पनि सर्लाहीका सयौँ सुकुमबासीको बस्तीमा डोजर लगाएर र बालीसमेत नष्ट पारेर उठीबास लगाएको थियो ।
सुकुमबासीहरुलाई उठीबास लगाएको घटनालाई लिएर नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले कडा आक्रोश व्यक्त गर्दै घोर आपत्तिसमेत जनाएको छ । सरकारले दमन नरोके कडा प्रतिरोधमा उत्रिने चेतावनी पार्टीले दिएको छ ।
बागमती नपा ३ का वडा अध्यक्ष तिलक मोक्तानको नेतृत्वमा सुकुमबासीको घर भत्काउनका लागि सागरनाथ परियोजना, जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

नेकपा सर्लाहीले भारतलाई खुसी पार्न सरकारले सालका हजारौँ रूख काटी सर्लाहीको लालबन्दीदेखि बाँकेसम्म राजमार्गदेखि उत्तरको सयौँ बिघा जङ्गल सखाप पारेको छ । जङ्गलका रूख काटी भारतसँग करोडौँ रकम चलखेल गरेको दाबी नेकपा सर्लाहीले गरेको छ ।

२०७५ पुस १४ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :