प्रकाण्डको नाममा एकैपटक दुई वटा पक्राउ पूर्जी, अर्का नेता जीवन्तको घरमा पनि प्रहरीद्वारा पूर्जी टाँस

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको नाममा पुनः सरकारले पक्राउ पूर्जी जारी गरेको छ । यसअघि ५१ दिनको हिरासत बसाइपछि रिहा हुनुभएका प्रवक्ता प्रकाण्डलाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी बिहीबार उहाँको कालीकोटको माल्कोटस्थित घरमा पुगेको हो ।

प्रकाण्डको पारिवारिक श्रोतले जानकारी गराए अनुसार प्रहरीले बिहीबार नै प्रकाउपुर्जी बोकेर घरमा टास्न आएको थियो । तर स्थायीले उनको घरमा पुर्जी टास्न नदिएपछि नजिकैको सार्बजनिक स्थानमा टासेर प्रहरी फर्केको हो ।

प्रहरीले संखुवासभा जिल्ला अदालात चैनपुर र जिल्ला अदालत उदयपुरले जारी गरेको ३५ दिने पक्राउपुर्जी लिएर जिल्ला प्रहरी कार्यलय कालिकोटको प्रहरीटोली प्रकाण्डको घर पुगेको थियो ।

यसपघि प्रवक्ता प्रकाण्डलाई प्रहरीले गत साउनमा काठमाडौँबाट गिरफ्तार गरेर बिभिन्न ६ जिल्ला घुमाएको थियो । बन्दिप्रत्यक्षिकरणको मुद्वामा उहाँलाइ सर्वाेच्च अदालतको आदेशमा गिरफ्तार गरेको ५१ दिनमा रिहा गरिएको थियो ।

यी हुन् प्रकाण्डको नाममा जारी पक्राउ पूर्जी।

यस्तै नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की जिवन्तको नाममा पनि पक्राउ पूर्जी जारी गरिएको जनाइएको छ । प्रहरीले शुक्रबार जिवन्तको घरमा प्रहरीले प्रकाउ पुर्जी टाँस गरेको पारिवारीक श्रोतले जनाएको छ । धादिङको निलकण्ठ नपा वार्ड नम्बर ३ मा अवस्थित घरमा प्रहरीले पुर्जी टास गरेको हो ।

२०७५ पुस १३ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :