दुर्घटनाका मृतकको सम्झनामा अखिल (क्रान्तिकारी)द्वारा दिप प्रज्वलनसहित शोकसभा

  

काठमाडाैँ : सहिद कृष्णसेन ईच्छुक स्मृती बहुप्राबिधिक शिक्षालयका विद्यार्थी सवार बसमा दुर्घटनामा परि मृत्यु हुनेहरुको सम्झनामा अखिल (क्रान्तिकारी)ले शुक्रबार दाङको घोराहीमा दिप प्रज्वलनसहित शोक सभा गरेको छ ।

अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको आयोजनामा शुक्रबार घोराहीको दामोदर चोकमा भएको शोकसभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष चिन्जीवी ढकालले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति संगठनको तर्फबाट श्रद्धासुमन व्यक्त गरेका छन् ।

मृतकका परिवारलाई स्मरण गर्दै उनले भने, ‘हामी पनि तपाईहरुका छोराछोरी जस्तै हौं विद्यार्थी संगठनमा काम गर्छौ विद्यार्थीका हकहितको लागि गर्छाैं, उहाँहरुको सपना पूरा गर्ने विस्वास दिलाउन चाहन्छु, प्रतिबद्धता व्यक्त गर्दछु ।’

अध्ययन गर्दागर्दै आफ्ना जीवन अर्पण गर्नुभएका उहाँहरुको सपना पुरा गर्ने बताएका छन् ।  यो दुर्घटनाको सत्यतथ्य छानबिन गर्न र मृतकका परिवारले भनेको अनुसार क्षेतीपूर्ति उपलब्ध गराउन सरकारसँग उहाँले माग गरे। उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय महासचिव प्रकाश शाहीले सञ्चालन गरेका थिए ।

२०७५ पुस १३ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :