मिजारको हत्याको विरोधमा देशैभर दलित मोर्चाद्वारा प्रदर्शन

  

काठमाडौँ ः नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपालले काभ्रेका अजित मिजारका हत्याराहरुलाई कारबाही गर !, मृतकको शव बुझ्ने वातावरण निर्माणका गर !! साथै देशै भरि भएका हत्या, हिंसा, बलत्कार र छुवाछूत विभेदको अन्त्य गर ! भन्दै देशव्यापी विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

काभ्रेको धुलेखेलमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले देशमा बढ्दो हत्या, हिंसा, बलात्कार, जातीय छुवाछूत र बिभेद विरोध गरेका छन् ।

उनले काभ्रेका अजित मिजारको हत्यामा संलग्न दोषीलाई तत्काल कारबाही गरि मृतकको शव दाहसंस्कार गर्ने बाताबरण मिलाउन माग गरेका छन् । त्यसैगरी उक्त मोर्चाले काठमाडौमा आयोजना गरेको बिरोध कार्यक्रमा मोर्चाका केन्द्रिय सचिवालय सदस्य तथा मध्य कमान्ड संयोजक हरि नेपालीले अहिलेको संसदीय दलाल राज्यसत्ताले नेपालमा रहेका आम जनसमुदाय माथी हरेक किसिमको उत्पीडिनमा पारेकोले दलित समुदायको पक्षमा कुनैपनी काम गर्न गर्ने नसक्ने बताएका छन्। यसको समाधान भनेको वैज्ञानिक समाजवाद एक मात्र विकल्प भएकोले देशमा रहेका सम्पूर्ण दलित समुदायलाई एकीकृत जनक्रान्तिको पक्षमा लामबद्ध हुन आह्वान गरेका छन् ।


यसैगरी काभ्रेपलान्चोकका अजित मिजार अन्तरजातिय बिबाहका कारण हत्या भएको विरोधमा दाङमा प्रदर्शनसहित विरोध सभा भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चा दाङको आयोजनामा आज शुक्रबार गढवा २ पचाहामा जनसहभागितासहित काभ्रेपलान्चोकका १२ मा अध्यनरत १९ वर्षका अजित मिजारको हत्याको विरोधमा प्रदर्शनसहित विरोधसभा गरिएको छ ।

विरोधसभामा नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी विक्रम र राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य किसन विकले सम्बोधन गर्दै हत्याकको यथार्थ छानबिन गरि दोषीलाई कडा कारबाही गर्न माग गरे । अहिलेको दलाल संसदीय पुजीवादी व्यवस्थाका कारणा भेदभाव, छुवाछुत कायम रहेको र अन्तरजातिय विवाहले मान्यता नपाएको भन्दै अब सबै समान र सम्मान भएर बाच्नका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिमा सहभागि हुन अपिल गरेका छन् ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित मुक्ति मोर्चा दाङका अध्यक्ष सुरज परियारले गरेको कुलबाहुर वली प्रतिरोधले जनाएका छन् ।
त्यसैगरी बिरोधका कार्यक्रमहरु ललितपुरको लगनखेल, भक्तपुरको जीतपुर, कास्कीको पोखरा, लगाएतका ठाँउहरुमा सम्पन्न भएको छ ।

२०७५ पुस १३ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :