नेकपा रोल्पाले मुरूल्लेमा झण्डा गाड्यो


 रोल्पा : नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको मुरुल्ले लेखमा झण्डा गाडेको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका वडा नं ६ मा रहेको मुरुल्ले लेकमा शुभम् खनिज उद्योगले उत्खनन कार्य थालेको भन्दै केही दिन यता स्थानीयहरुले संघर्षका कार्यक्रमहरु अगाडि बढाइरहेका छन् ।

रुन्टिगढि गाउँपालिकै सबैभन्दा बढि उचाइमा रहेको मुरुल्ले लेक उद्योगलाई दिदा वातावरणीय प्रभाव, पर्यटकिय क्षेत्रमा प्रभाव बढ्नुको साथै प्राकृतिक सौन्दर्यतामा खलल पुग्ने भन्दै उत्खनन् कार्य रोक्ने गरि यस अघी केशवराज चन्दको नेतृत्वमा रुन्टिगढि प्राकृतिक स्रोत सम्पदा तथा संरक्षण संघर्ष समिति गठन गरिएको थियो ।

उक्त संघर्ष समितिले स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउनुको साथै विविध संघर्षका चरणहरु अगाडि बढाएको छ । संघर्ष समितिप्रति ऐक्यबद्दता जनाउदै लालिगुरास सामुदायिक बन उपभोक्ता समितिले पनी आम भेला गरी मुरुल्ले लेक बचाउन कम्पनिले बनाएको बाटो भत्काउने समेतको संघर्षहरु गरिसकेको छ । यसैविच मुरुल्ले लेक सम्बन्धी विवादले ठुलो रुप लिदै गएपछि नेपाल कम्युनिस्ट पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गरेको हो । आज उक्त लेकमा पार्टीको झण्डा गाडिनुको साथै “सार्वजनिक वन संरक्षण गरौं जनचाहना विपरीत खानी उत्खनन गर्नेलाई कारबाही गरौं“ लेखियको कालो ब्यानर टाँसिएको छ ।

२०७५ पुस १३ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :