चितवनमा प्रदर्शन

dhurba khadka
चितवनः जेठ २१, चितवनमा मतगणना क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पूनः १९ नं. वडामा निर्वाचन गर्ने निर्णयको विरुद्ध नेकपा (एमाले)ले आइतबार विरोध ¥याली निकालिएको छ । नेकपा (एमाले) चितवनका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलको नेतृत्वको मोटरसाइकिल जुलुश चौबिसकोठीबाट निकालिएको विरोध ¥याली पुलचोकमा पुगेर सभामा परिणत भएको नेकपा (एमाले) चितवनले जनाएको छ । विरोध ¥यालीमा मतपत्र च्यात्नेलाई कारबाही गर, १९ नं. वडा निर्वाचन खारेज गरलगायत नारा लागाएका छन् । भरतपुर महानगरपालिका मेयरमा एमालेबाट देवी ज्ञावली र प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :