नेपालको जलस्रोतमा बैदेशिक हस्तक्षेप अन्तरक्रिया सुरू

तस्वीर: भीम चापागाईं

गारेखा : नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोको आयोजनामा ‘नेपालको जलस्रोतमा बैदेशिक हस्तक्षेप’ (सन्दर्भ बुढीगण्डकी जलविद्युत परियोजना) विषयक अन्तरक्रिया कार्यक्रम आइतबार गोरखामा सुरु भएको छ । नेकपाका गण्डक ब्युरोकी इन्चार्ज आस्थाको अध्यक्षता र रुपेशको सञ्चालनमा नेकपाका केन्द्रीय सदस्य एवं अवधारणा पत्र प्रस्तोता तथा प्रमुख अतिथि गुणराज लोहनीले गर्नुहुने जानकारी आयोजक समितिले दिएको छ ।

अवधाराणा पत्रमाथि टिप्पणी जलस्रोत विज्ञ गोविन्द शर्मा पोडेल, जलस्रोत विद् तथा बुढीगण्डकी जलविद्युत परियोजनाका पूर्व अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटा, जलस्रोत विद् तथा पूर्व जलस्रोत मन्त्री दिपक ज्ञावली, पूर्व मन्त्री तथा उर्जा व्यवसायी देवबहादुर पौडेल, नयाँ शक्ति पार्टीका प्रदेश सांसद हरिशरण आचार्य, नेपाली कांग्रेस गोरखा जिल्ला सदस्य मीना अधिकारीलगायतले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ ।

२०७५ पुस ८ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :