राष्ट्रिय कर्मचारी महासङ्घको चौथो सम्मेलन सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय कर्मचारी महासङ्घ नेपालको चौथो राष्ट्रिय सम्मेलन शनिबार काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले कर्मचारीहरुले जनताको कामलाई प्रमुखतामा राखेर ईमानदारीताका साथ काम गर्न अनुरोध गरे । उनले दलाल पुँजीवादमा कर्मचारीहरुलाई उचित सम्मान र व्यवस्थापन नहुँदा यसको विकल्पमा जनताको वैज्ञानिक समाजवाद स्थापना गर्नु अपरिहार्य रहेको र यसमा कर्मचारीहरुको खास भूमिका हुने बताए ।

सम्मेलनमा विशेष अथिति जनबर्गिय संगठनका ब्युरो इन्चार्ज मोहन कार्कीले कर्मचारीहरुले व्यवस्था परिवर्तनमा खास भूमिका खेल्नुपर्नेमा जोड दिए । त्यसैगरी सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य आजाद केसी लगायतको उपस्थिती रहेको थियो ।

सम्मेलनले टोपबहादुर बानियाँको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा रामबहादुर रावल, उपाध्यक्ष सरस्वती जोशी, महासचिवमा अमरसिंह ओली, सचिवमा प्रकाशबहादुर रावल, कोषाध्यक्षमा हरिहर बस्नेत, सहकोषाध्यक्षमा रविन्द्र देउला लगायत रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा संयोजक गोपालसिंह धामी, दानबहादुर केसी र शिवहरी पोख्रेल सदस्यमा रहेका छन् । महासङ्घले आफ््नो सङ्घर्षका कामहरु समेत घोषणा गरेको जानकारी निर्वाचित अध्यक्षले दिएका छन् ।

२०७५ पुस ८ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :