स्वास्थ्यकर्मीहरुको सम्मेलन

 

चितवन : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनको तेस्रो जिल्ला अधिवेशन शनिबार भरतपुरस्थित विरेन्द्र बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ । संगठनकी केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अम्बिका पाठकले अध्यक्षता, भिम तामाङले सञ्चालन र अतिथि तथा प्रतिनिधि पर्यव्यक्षकहरुलाई आयोजकको तर्फबाट योगेश कुमालले स्वागत मन्तव्य राखेका थिए । संगठनमा उपाध्क्षसमेत रहेका पिताम्बर भुर्तेल प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीलगायत नेताहरुको उपस्थिति थियो ।

सम्मेलनले भिम तामाङको अध्यक्षतामा दुई सदस्य रिक्त रहेको २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षद्वय, सचिव, सहसचिव, कोषाध्यक्ष, सदसयहरु क्रमशः आशीष विक, योगेश कुमाल, ओमनाथ पौडेल, प्रदिप थापा, विपना गुरुङ, सन्दिप गोरखाली, मोहन जिसी, उपेन्द्र चौधरी, नन्द चौधरी, पुरनचरण जिसी, अम्मिता जिसी, प्रकाश थापा, मिठु गुरुङ, विमला भण्डारी, धिरेन्द्रा बुढा, मुक्तान यादव, उमेशकुमार यादव रहेका छन् ।
संगठनले स्वास्थ्य शिवीर लगायत जनसेवा र भ्रष्टार विरोधी अभियान चलाउने नवनिर्वाचित अध्यक्ष तामाङले बताएका छन् ।

२०७५ पुस ८ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :