मजदुर सङ्गठनले गर्‍यो सङ्घर्ष घोषणा

काठमाडाैँ : अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घअन्तर्गत उपत्यकामा रहेका तीन जिल्लामा रहेका पेसागत सङ्गठनमा आबद्ध मजदुरहरूले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमलगायत हाल जारी गरिएको श्रम ऐन २०७४ योगदानमा आधारित मजदुरहरूलाई पेन्सनपट्टा, उपदानजस्ता कार्यक्रम बिनातयारीमा आएकोमा बिमति जनाउँदै विरोध प्रदर्शन गर्ने भएका छन् । हजारौँ मजदुरहरूको सहभागितामा यही पुस २१ गते शनिबार काठमाडौँ विशाल मजदुर ¥यालीसहित जनसभा गर्ने तयारी रहेको मजदुर नेता शिशिर थापाले जनाएका छन् ।

एक अर्को समाचारअनुसार काठमाडौँको लाहुरे सेक्युरिटीमा १० सदस्यीय एकाइ समिति गठन भएको छ । समितिको अध्यक्षमा मनोजकुमार दवाडी छन् । कार्यक्रममा नारायण तोलाङ्गे र विशेष अतिथि हरिबहादुर थापामगरको उपस्थिति थियो । यसैगरी काठमाडौँमा सिप्रदी टे«डिङ कम्पनी प्रालिमा अटो मजदुर सङ्गठनको एकाइ निर्माण भएको छ । ११ सदस्यीय एकाइ समितिको अध्यक्षमा रामदीप थापा, उपाध्यक्षमा अरुण सारूमगर, सचिवमा सविन भट्टराई र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन् । कान्तिपुर पब्लिकेसन प्रालिमा राम वाग्लेको नेतृत्वमा अखिल नेपाल क्रान्तिकारी सञ्चार तथा छापाखाना मजदुर सङ्घ निर्माण भएको छ । सङ्घले मङ्सिर २५ गते बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कान्तिपुर पब्लिकेसन प्रालिको व्यवस्थापनले विगतमा गरेका ९ बुँदे सम्झौता अहिलेसम्म कार्यान्वयन नगरेको भन्दै राजपत्रमा उल्लेख भएका सेवासुविधा र तलब तत्काल लागू गर्न माग गर्दै पुनः ७ बुँदे माग राखेर दबाब दिएको छ । अन्तरक्रियामा महासङ्घका केन्द्रीय कोषाध्यक्ष विनोद थापाले सम्बोधन गरेका थिए ।

यसैबीच अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पेसागत सङ्गठन अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी सङ्घ काठमाडौँ जिल्लाले श्रमजीवीहरूको श्रमशोषण बन्द गर्न र पूर्ण रोजगार सम्झौता कायम गरी रोजगारदाताको स्तरमा उभिन सञ्चालकहरूलाई आग्रह गरेको छ । सेक्युरिटी सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष हरिबहादुर थापामगरले मङ्गलबार विज्ञप्ति जारी गर्दै मजदुर हितविरोधी दलाल पुँजीपतिहरूका विरुद्ध एक भएर लड्न मजदुरहरूलाई आग्रह गरेका छन् ।

२०७५ पुस ८ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :