मधेशी राष्ट्रिय मुक्ति मोर्चा सुनसरीको प्रथम भेला

सुनसरी : नेपाल कम्युनिस्ट पार्टी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) सुनसरी जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको दुहबी नगरपालिकाको साह अतिथि सभा हलमा सुतिकुमारी देवी मिश्रको अध्यक्षता, नेकपाका केन्द्रीय सदस्य एवं मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष देवनारायण शाहको प्रमुख अतिथ्यता र नेकपा सुनसरी जिल्ला इन्चार्ज युगेनको उपस्थितिमा भएको भेलाले चन्दन पोदार अध्यक्षमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

जसमा उपाध्यक्ष विनोद पासमान, सचिव जितेन्द्र मिश्र, उपसचिव घुरन उराव, कोषाध्यक्ष सुमित्रा राजवंशी, सदस्यहरु दुर्गा हलुवाइ, पसुपती मिश्र, सुरेन मण्डल, जोगनारायम उराव, जानकी उराव, उमेश यदब, सुनार्देव यदव, भुनादेवी राजवंशी, चन्दु मण्डल, बेचु यदव, सुति कुमारी मिश्र र रामदुलारी कामत रहेका छन् ।

नवनिर्वा्चित कार्यसमितिलाई बधाई दिंदै प्रमुख अतिथि शाहले वर्गीय मुक्ति बिना हामी मधेशीहरुको मुक्ति सम्भव नभएको भन्दै सम्पूर्ण उत्पीडित मधेशी जनताहरु एक हुने बेला आएको बताएका छन् ।

उनले अबको आन्दोलन मधेशबाट सुरु हुने त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन् । शाहले पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादले मात्र सम्पूर्ण मधेशीको मुक्ति हुने बताए ।

२०७५ पुस ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :