प्रचण्ड-बाबुराम सामान्य होइन महापतन भएका हुन् : नेता पुन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बैतडीको आयोजनामा शनिबार सदरमुकाम गोठालापानीमा विशाल जनसभा सम्पन्न भएको छ । आरोह नेपालीको संचालन, जिल्ला इन्चार्ज बासुदेवको अध्यक्षता र जिल्ला सचिव राम कुवरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमलाई पार्टीका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनले प्रमुख वक्ताको रुपमा सम्वोधन गरेका थिए ।

कार्यक्रममा नेता पुनले प्रचण्ड-बाबुरामको पतन भनेको महासचिव कमरेड विप्लवले भने झै सामान्य पतन नभएर महापतन भएको बताएका छन् ।   कार्लकाउत्कि र वर्नस्टिनको दक्षिणपन्थी संसोधनवाद जो संसदबाट समाजवादमा जाने बिचलनको बाटोलाई रुसमा ख्रुस्चोभ र नेपालमा एमाले हुँदै हाल प्रचण्डले बोकेर हिडेका छन् जो जनता प्रतिको ठुलो जालझेल र धोका हो पुनले भने । बिगत जनयुद्धको बेला एमालेले ओकल्दै आएको ख्रुस्चोभि बासि डकार हाल साविक माओवादी केन्द्रका प्रचण्ड मण्डलिले ओकल्दै आएकोमा त्यसको भ्रमलाई चिर्न आवश्यक रहेकोप्रति जोड दिदै पिबिएम पुनले अब एकीकृत जनक्रान्तीमार्फत समाजवाद स्थापना हुने बताए । सभालाई पार्टीका केन्द्रीय सदस्य देविदत्त पाण्डेले संबोधन गर्दै निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेकोले आफ्नो पार्टीले त्यसको छानबिन गरिरहेको बताएका थिए ।

सभामा अखिल (क्रान्तिकारी) का महाकाली ब्युरो संयोजक विरेन्द्र शाह, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सर्मिला थापा, महाकाली ब्युरो कार्यालय सचिव संघर्ष, महिला नेतृ तथा महाकाली ब्युरो संयोजक ममता सुर्खेती, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो संयोजक श्याम भट्ट लगायतको सहभागिता र सम्बोधन रहेको थियोे । कार्यक्रममा पुर्व माओवादी केन्द्र लगायत अन्यबाट गरी २८ जना नेकपामा प्रवेश गरेका छन् ।  नवप्रवेशिलाई पार्टी पिबिएम ओमप्रकाश पुन र केन्द्रीय सदस्य डिडि पाण्डेले टिका लगाएर स्वागत गरेका थिए ।

२०७५ पुस ७ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :