दाङमा भएको बस दुर्घटनाका मृतकप्रति नेकपाद्वारा श्रद्धाञ्जली

दाङ : घोराहीको कृष्णसेन ईच्छुक स्मृती बहुप्राबिधिक शिक्षालयको बस दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी दाङले दुःख व्यक्त गरेको छ । नेकपा दाङका सेक्रेटरी विक्रमले शनिबार प्रेस विज्ञप्ति जारी गरी सल्यान–दाङ सडक खण्ड अन्र्तगत तुलसीपुर ३ राम्री नजिकै विद्यार्थी बोकेको बस दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

सेक्रेटरी विक्रमले मृतकका परिवारलाई उचित क्षेतीपूर्तिसहित राहत वितरण गर्न र घाइतेहरुको स्वास्थ्य उपचारमा कुनै कसुर बाँकी नराख्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘दिनहुँ गाडि दुर्घटना भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै गाडि दुर्घटना हुनुको कारण पत्ता लगाई न्यूनीकरणका लागि तत्काल सडक र यातायातमा ध्यान दिन राज्य पक्षसँग माग गर्दछौँ’

शुक्रबार सल्यानको मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गरेको घोराहीको कृष्णसेन ईच्छुक स्मृती बहुप्राबिधिक शिक्षालयको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

२०७५ पुस ७ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :