अखिल (क्रान्तिकारी) तनहुँको प्रथम छात्रा भेला

 

तनहुँ : अखिल (क्रान्तिकारी) तनहुँको प्रथम छात्रा भेला सम्पन्न भएको छ । शुक्रबार तनहुँमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं गण्डक ब्युरोकी इन्चार्ज आस्थाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । नेकपा निकट अखिल (क्रान्तिकारी) ले कम्युनिस्ट विद्यार्थी अभियान अन्तरगत सञ्चालन गरेको गण्डक ब्युरोको तनहँमा प्रथम छात्रा भेला गरिहएको हो । भेलाले एजिना महतको नेतृत्वमा १९ सदस्यीय विभाग गठन गरेको छ । भेलाको प्रमुख अतिथि आस्थाले नवगठित कार्यसमितिलाई बधाई दिंदै आगामि दिनमा पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अनुरोध गरेकी छिन् । उनले विद्यार्थीहरुलाई प्रशिक्षनात्मक मनाई राख्दै केपी–प्रचण्ड गठबन्धनको सरकार समाजवाद भनेको भ्रष्टाचारलाइ प्राथमिकता दिएको भन्दै आफ्नो पार्टीले भनेको एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु मुल उद्देश्य भएको बताइन । त्यसैगरी कम्युनिस्ट विधार्थी अभियान अन्तगत पुस ४ गते ललितपुर जिल्ला नेशनल कलेज अफ ईन्जिनियरिङ कलेज मा अखिल (क्रान्तिकारी) एकाई समितिले आयोजना गरेको welcome & life coaching program भव्य रुपमा सम्पन्न भएको छ । नारायण बिसीको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसी प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको विशेष अथिति ललितपुर जिल्ला सचिव विपिन शर्मा र अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल रहेका थिए भने अथितिहरु उपत्यका विशेष ब्युरोे इन्चार्ज लोकेन्द बिष्ट, ललितपुर जिल्ला अध्यक्ष विनोद लुइँटेल सहित अन्य जिल्लाका पदाधिकारी पनि सहभागि भएका थिए । कार्यक्रम सञ्चालन विस्वान्तले गरेका थिए । कार्यक्रममा विभिन्न सङ्गठनबाट अखिल (क्रान्तिकारी) मा प्रवेश समेत गरेका थिए ।

२०७५ पुस ७ गते शनिबार प्रकाशित

 

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :