मधेशी मुक्ति मोर्चा मोरङको प्रथम सम्मेलन

    

मोरङ : नेपाल कम्युनिस्ट पार्टी निकट मधेशी मुक्ति मोर्चा, नेपाल (क्रान्तिकारी) मोरङ जिल्लाको प्रथम सम्मेलन सम्पन्न भएको छ । बुधबार विराटनगरको अतिथि सदनमा पूर्व सांसद बाबुलाल पासवानको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चा, नेपाल (क्रान्तिकारी) का अध्यक्ष देवनारायण शाहको प्रमुख अतिथ्यतामा सम्पन्न भएको भेलाले प्रताप निसादको नेतृत्वमा १७ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ ।

जसमा उपाध्यक्ष सुरज मण्डल, सचिव विक्रम सिंह, कोषाध्यक्ष नरेन्द्र सुतियार, देवनारायण मण्डल, मणिक चनयादव, अशोक राजवंशी, हजरा खातुत, श्याम टुड, लक्ष्मी मण्डल, कुसुमलाल मण्डल, अशोक मण्डल, उदयनन्द शर्मा, कमल राजवंशी, धिरज विश्वलगायत रहेका छन् ।

शाहले प्रथम भेलाको मैनबत्ति बालेर उद्घाटन समेत गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै प्रमुख अतिथि शाहले वर्गीय मुक्ति बिना हामी मधेशीहरुको मुक्ति सम्भव नभएको भन्दै सम्पूर्ण उत्पीडित मधेशी जनताहरु एक हुने बेला आएको बताएका छन् ।

उनले अबको आन्दोलन मधेशबाट सुरु हुने त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन् । शाहले पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादले मात्र सम्पूर्ण मधेशीको मुक्ति हुने बताए ।

नेकपा सुनसरीका इन्चार्ज प्रज्वल श्रेष्ठ र माेरङ जिल्ला सेक्रेटरी नवराज भट्टराईले नवनिर्वाचित कार्यसमितिलाई बधाई  दिएका  थिए । कार्यक्रम सुरु हुनुभन्दा अगाडि नारासहित जुलुस पदर्शन गरेको थियो । विराटनगरको संसारीमाई भन्दिर अगाडिबाट सुरु भएको जुलुस ट्राफिक चोक हुँदै अतिथि सदनमा पुगेर सभामा परिणत भएको थियो ।

 

जुलुसको अन्य नेतृत्वगर्नेहरु प्रज्वल श्रेष्ठ, नवराज भट्टराईलगायतले गरेका थिए ।  उक्त कार्यक्रमको सञ्चालन विक्रम सिंह र स्वागत मन्तव्य सुरज मण्डलले गरेका थिए ।

२०७५ पुस ५ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :