अखिल (क्रान्तिकारी) राप्तीको कडा चेतावनी

दाङ : अखिल (क्रान्तिकारी) राप्ती क्षेत्रीय समन्वय समितिको तेस्रो पूर्ण बैठक संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् राप्ती ब्युरो संयोजक पदम पोख्रेलको अध्यक्षता दाङमा पुस ३ गते सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सदस्य असिनाको प्रमुख आतिथ्यता रहेको बैठकमा विशेष अतिथिको रुपमा संगठनका केन्द्रीय महासचिव प्रकाश शाही र सचिव तथा मध्यपश्चिम कमान्ड इन्चार्ज सन्तोषी भट्टराई रहनुभएको थियो ।

बैठकले कम्युनिस्ट विद्यार्थी अभियानलाई जोडतोडले लैजाने, अभियानको क्रममा अराजकता, गुण्डागर्दि, भ्रष्टाचारको चंगुलमा फसेर अपराधिकरणको दिशामा गइरहेको स्ववियुलाई क्रान्तिकारी कम्युनिस्ट आचरणमा बदली उत्पीडनमा परेका लाखौं विद्यार्थीहरुको पक्षमा बदल्ने र स्ववियुको खास उदेश्य प्राप्तिको लागि बलियो स्ववियु मोर्चा निर्माण गर्ने, कम्तिमा पनि २५ सय विद्यार्थीलाई नयाँ सदस्यता वितरण गर्ने, कम्युनिस्ट विद्यार्थी अभियानलाई प्रत्येक क्याम्पस, कलेज र स्कुलका बेन्च बेन्चमा पुर्याउँदै १० हजार विद्यार्थीलाई वैज्ञानिक समाजवादी शिक्षा प्रणाली र कम्युनिस्ट आचरणको विषयमा प्रशिक्षित गर्ने निर्णय गरेकाे छ । त्यसैगरी शैक्षिक माफिया र दलालहरुको लिस्ट बनाई आवश्यक कारबाही गर्ने, समता स्कुलको नाममा धर्मको प्रचार प्रसारमा गरिरहेका धार्मिक विद्यालयको विषयमा अनुसन्धान गरि कारबाही प्रक्रिया अगाडि बढाउने, यातायातमा कायम गरिएको ४५ प्रतिशत सहुलियतको विषयमा संघर्ष गर्ने, हरेक क्याम्पस र कलेजहरुमा प्रत्येक महिना अनिवार्य अतिरिक्त क्रियाकलाप गर्ने, समाजवादी शिक्षाको विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने लगायत अन्य महत्वपूर्ण निर्णयहरु पनि बैठकले गरेको छ ।

२०७५ पुस ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :