सेक्रेटरी चन्द्र बुढाको बुवाको निधनप्रति नेकपा राप्ती ब्युरोद्वारा श्रद्धाञ्जली

 

पश्चिम रुकुम : नेपाल कम्युनिस्ट पार्टी पश्चिम रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढाका बुवा हरिप्रसाद बुढाको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले दुःख व्यक्त गरेको छ ।
५५ वर्षको अल्पआयु उमेरमा सोमबार राती उपचारका क्रममा मनमोहन मेमोरियल अस्पतालमा भएको असामयिक निधनप्रति ब्युरो इन्चार्ज सुवासले बुधबार श्रद्धाञ्जली वक्तव्य जारी गरि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

साथै शोकाकुल परिवारजनमा शोकलाई शक्तिमा बदल्ने ऊर्जा प्राप्त होस् भन्दै चन्द्र बहादुर बुढा र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

२०७५ पुस ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :