सहिद परिवारद्धारा प्रकाण्डलाई अभिनन्दन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई सहिद परिवारले फुलमाला सहित अभिनन्दन एवं स्वागत गरेका छन् । ५० दिनको हिरासत बसाइपछि पहिलो पटक  उनी सुर्खेत पुगेका हुन् ।

सहिद परिवार सुर्खेत र नेपाल कम्युनिट पार्टी सुर्खेतले प्रवक्ता प्रकाण्ड र केन्द्रीय कार्यलय सदस्य विमर्शलाई अभिनन्दन गरिएको हो ।

प्रवक्ता प्रकाण्ड र बिमर्शलाई सपिद परिवार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष ऐना धमला (योजना) र सहिद पत्नी जयसरा बराल (कामना) लगायतका सहिद परिवारहरूले अभिनन्दन गरेका हुन् । उक्त अबसरमा प्रवक्ता प्रकाण्डले सहिदका अधुरा सपना पुरा गरेर छाड्ने प्रतिवद्धता जनाएका थिए ।

२०७५ पुस ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :