पत्रकार मङ्गोललाई पितृशोक, नेकपाद्वारा श्रद्धाञ्जली

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी विशेष ब्युरोका सदस्य तथा पत्रकार रोल्पा जिल्ला खुङ्ग्री निवासी सुदर्शन मङ्गोललाई पितृशोक परेको छ । उनका बुबा लीलाबहादुर थापा (२००४–२०७५) को लामो समयदेखि अर्वुद रोगबाट पीडित भई सोमबार राती १२ बजे ७१ वर्षको उमेरमा निधन भएको थियो । नेपाल कम्युनिस्ट पार्टी विशेष ब्युरोका इन्चार्ज विपुलले मङ्गलबार शोकवक्तव्य निकालेर मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दुःख र शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन् । लीलाबहादुरको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको इन्चार्ज विपुलले बताएका छन् । उनले सुदर्शन मङ्गोल र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदनासमेत दिएका छन् ।

२०७५ पुस ३ गते मंगलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :