आवधिक अभियानको समिक्षा तथा राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

इलाम : नेकपाको कमाण्ड स्तरीय युवा संंगठन नेपाल तथा इलामा जिल्ला पार्टीको संयुक्त अभियानको समिक्षा तथा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठन सुदृढीकरण तथा विस्तार अभियान इलाम जिल्लाको माही नगरपालिका १ मा अभियानको समिक्षा तथा राजनीतिक वैचारिक कार्यक्रम सोमबार सम्पन्न भएको हो । उक्त कार्यक्रममा पूर्वी कमान्डका इन्चार्ज अनिल विरहीले अभियान टोलीलाई राजनीतिक प्रशिक्षण दिंदै नक्कली कम्युनिस्ट सरकारले गणतन्त्रको खिल्ली उडाएको भन्दै जनताका समस्या वैज्ञानिक समाजवादले मात्र समाधान गर्ने बताउनु भएको छ । उक्त कार्यक्रममा अध्यक्षता निर्मलले गर्नुभएको थियो भने सञ्चलन जोखिमले र स्वागत मन्तव्य प्रशान्तले गुर्नुभएको थियो । इलाम इन्चार्ज मौसम र सेक्रेटरी राजुको उपस्थिति रहेको थियो । कार्यक्रममा देवि, मानबहादुर विशाल, मिलन र हाङले अभियानको अनुभुती राख्नु भएको थियो ।

२०७५ पुस ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :