रातो खबरद्वारा पुस्तक हस्तान्तरण

 


काठमाडौँ : रातो खबर प्रकाशन गृहद्वारा पूर्वको थबाङ भनेर चिनिने ताप्लेजुङको हेल्लोकमा रहेको पुस्तकालयलाई आफ्नो प्रकाशन गृहद्वारा प्रकाशित पुस्तक तथा अखबारहरु प्रदान गरिएको छ । शुत्रबार एक कार्यक्रमको अवसरमा नेकपा ताप्लेजुङका इन्चार्ज सक्कलले गृहद्वारा निशुल्क प्राप्त भएका ति पुस्तक र मासिक तथा साप्ताहिक प्रकाशनहरु हस्तान्तरण गरेका हुन् ।

रातो खबर प्रकाशन गृहले विगतमा थबाङ समाज घरलाई पनि पुस्तक वितरण गरेको र समय समयमा नाफा रहित सामाजिक संस्था र पुस्तकालयलाई निशुल्क पुस्तक प्रदान गरेर सहयोग गर्दै आएको सो प्रकाशन गृहका प्रबन्धक निर्देशक भिमप्रसाद चापागाईंले बताएका छन् ।

भिमप्रसाद चापागाईं

गृहले शुत्रबार वैज्ञानिक समाजवाद, महापतन, मार्क्सवाद कि सुधारवाद, समकालीन साहित्य र संस्कृति, गोर्खा जेलव्रेकलगायतका प्रकाशनहरु प्रदान गरेको छ । पुस्तक नेकपा हेल्लोकका नेता दुर्गासिंह लिम्वुलाई हस्तान्तरण गरिएको थियो ।

२०७५ पुस २ गते सोमबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :