ट्रक दुर्घटनाको सत्यतथ्य छानविन गर्न माग

  
नुवाकोट : ट्रक दुर्घटनामा परि ज्यान गुमाएकाहरुप्रति नेकपा नुवाकोटले श्रद्धान्जली ब्यक्त गरेको छ । आइतबार नेकपाका नुवाकोट सेक्रेटरी विन्तोषले मृतकहरुको पार्थीप शरिरमा पार्टीको झण्डा ओढाई श्रद्धान्जली दिएका छन् । शुक्रबार जील्लाको दुप्चेश्वर गाउँपालिका, वडा नं १, घ्याङफेदीमा भएको ट्रक दुर्घटनामा परी नेपाल कम्युनिस्ट पार्टी, नुवाकोट एकाई समितिका सदस्य रिवल तामाङ, मंगले तामाङ, कृष्ण तामाङ, छोङ सोनाम तामाङ, केनम तमाङ, भीम तामाङ, लक्ष्माण तामाङ, सुकराम तामाङको ज्यान गएको थियो । सेक्रेटरी विन्तोसले शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । साथै उक्त घट्नाको सत्यतथ्य छानविन गरी दोसीउपर कारबाही गर्न सम्बन्धित निकायसग माग गरेका छन् । उनले दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुको शीघ्र–स्वास्थ्यलाभको कामना गर्दै उपचारको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

२०७५ पुस २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :