डोटीमा भारतको नाङ्गो हस्तक्षेप/सरकारी रवैया लजास्पद – प्रकाण्ड प्रवक्ता, नेकपा

prakanda 1

काठमाडौं/जेठ १९,  नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले डोटीमा भएको भारतीय प्रहरीको नेपाल प्रवेश र नेपाली नागरिकको अपहरणलाई नेपालमाथिको नाङ्गो हस्तक्षेप बताउँनु भएको छ । आज विहान जारी वक्तव्यमा सो पार्टीका प्रवक्ता प्रकाण्डले ‘अन्तर्राष्ट्रिय कानुन अनुसारसमेत भारतीय प्रहरी विना अनुमती नेपाल प्रवेश गर्नु गैरन्यायिक र अपराधीक कार्र्यभएको बताउनु भएको छ । उहाँले नेपाली नागरिकलाई फिर्ता ल्याउन र भारतीय प्रहरीलाई कारवाही गर्न माग गर्नु भएको छ । नेपाली नागरिक अपहरण गर्ने भारतीय प्रहरीलाई कारवाकी गर्नुको सट्टा सुचना लुकाएर गुपचुप फिर्ता गर्ने हर्कतले देशको सार्वभौमिक अखण्डता मै गम्भीर धक्का लागेको प्रकाण्डद्वारा जारी वक्तव्यमा भनिएको छ । आज नेकपाले काठमाडौंमा एक विरोध जुलुशसहित भारतीय दुतावास लैनचौरमा विरोध–पत्र बुझाउने भएको छ ।

प्रेस विज्ञप्ति सहित

CPN press bigepti 2074-02-18

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :