भारतीय प्रहरीद्वारा नेपाली अपहरण/डोटी प्रहरीद्वारा घटना लुकाउँने षड्यन्त्र

(अपहरणकारी भारतीय प्रहरी पक्राउ)

bharatia prahari

डोटी/जेठ १९,  नेपाल प्रहरी र नागरिकको निगरानी छल्ने उदेश्यले पर्यटकको बाहनमा आएर डोटी सदरमुकाम दिपायलस्थित सिलगडी–८, लडागडाका लालबहादुर आउजीलाई राती घरैबाट अपहरणगरी भारततर्फ लग्दै गर्दा भारतीय प्रहरी उपरीक्षक (डिएसपी) सहितको टोली पक्राउ परेको छ । भारतीय प्रहरी एसपी नागराजसहित ७ जनाको टोली डोटी प्रहरीको नियन्त्रणमा छ । तर नेपाल प्रहरीका डोटी एसपी डिल्लीराज विष्टले सुचना दिन अस्विकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीको ०९४,४२०२०५ मा सम्पर्क गर्दा फोन उठाउँने प्रहरीले सुचना दिनु त के नाम र पदीय जिम्मेवारीसमेत नबताउने र गलत नम्वर दिएर घटनाकोे सुचना लुकाएर अतिक्रमणकारी तन्वलाई नै प्रश्रय दिन खोजेको देखिएको छ ।
map doti

घटनाको विषयमा सुचना लुकाउने, अपहरणकारीको बस त्रिपालले छोपेर राख्ने र पत्रकारलाई फोटो लिनसमेत नदिनुको कारण के हो ? अपहरणकारी भारतीयले जाँच चौकीहरुमा ‘शैलेश्वरी भ्रमण गर्न जान लागेको’ भन्दै अगाडि बढेका र २ जना नेपालीलाई पथप्रदर्शक बनाएर गएको खुल्न आएको छ । डोटी एसपीले अपहरणकारीहरुलाई आफ्नो कार्यकक्षमा स–सम्मान राखेको र अपहरित लालबहादुरलाई हिरासतमा राखेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । यो घटनाले नेपालको सुरक्षा र नेपाल प्रहरीको क्षमतामै प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :