सङ्गठन सुदृढीकरण अभियान गुल्मीमा व्यापक बन्दै

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान गुल्मीमा पनि सान्दार रुपमा अघि बढिरहेको छ । अभियानको अवधिमा त्यहाँ दर्जनबढि ठाँउमा जनभेला तथा अन्तरक्रिया, सङ्गठन विस्तार गठन पुनर्गठन गर्ने काम  भइरहेकाे छ।

मङ्सिर २१ गते तम्घासबाट अभियानको शुरुवात भएको थियो । मङ्सिर २२ गते पिपलधारा, २३ गते धुर्कोट, २४ गते बर्लिङ्ग, २५ गते पौडि अमराई, २६ गते पिपलपाटा र २७ गते खैरेनीमा कार्यक्रम सम्पन्न भएको छ ।

अभियानको नेतृत्व गरिरहेको नेकपा गुल्मीका इञ्चार्ज पूर्णबहादुर सिंहले सिहंदरबार भ्रष्टाचारी र दलालहरुको अखडा भएको, गाउँगाउँमासिहं दरबार भन्ने कुरा भ्रम मात्र भएको बताउदै त्यसकै  बारेमा जनतालाई स्पष्ट बनाउन आफ्नो पार्टी अभियानमा रहेको बताए । सिहं दरबार गाँउ गाँउमा ल्याउने नारा दिएर दलाल संसदीय ब्यवस्थाका अधिकारीहरूले गाउँगाउँमा भ्रष्टाचार र लुटतन्त्र पु¥याएको भन्दै त्यसका विरुद्ध प्रतिरोध गर्न एकीकृत जनक्रान्तिमा सामेल हुन जनतालाई आह्वान गरेका छन् ।

इन्चार्ज सिहंले भने-स्थानीयनिकायको चुनाव,प्रदेशसभा र प्रतिनिधी सभाको चुनावको बेलाजनतालाई स्थायीत्व, समृद्धि, विकास, शान्ति, र समाजवाद हुन्छ भन्ने जुनभ्रम छरिएकाे छ त्यसबाट मुक्तहुन आवश्यक छ ।

अभियानमा क्षितिज साँस्कृतिक परिवारका कलाकारहरु जनसंगीत अभियान लिएर जनताको घर दैलोमा पुगीरहेका छन् । 

२०७५ मङ्सिर २७ गते बिहीबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :