अखिल (क्रान्तिकारी) को अभियान नेपाल-भारतको सीमामा

 

झापा :  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको अभियान देशव्यापी रूपमा निरन्तर अगाडि बढिरहेको छ । अभियान टोली मेची नगरको सीमास्तम्भसम्म पुगेर सीमा क्षेत्र अवलोकन गरेको बताइएको छ । बुधबारसम्म खोलापारि रहेको सीमास्तम्भमा बिहीबार भारतीय पक्षले नेपालको ठूलो भूभाग कब्जा गरेको प्रति अखिल (क्रान्तिकारी) झापा जिल्लाको विशेष ध्यानाकर्षण भएको अध्यक्ष सन्जय राईले बताएका छन् ।
              अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म उत्साहजनक रूपमा अगाडि बढ्दै गएको जानकारी अभियान टोलीले दिएका छन् । अभियानकै क्रममा टोलीले पूर्वी नेपालको झापा जिल्लास्थित नेपाल–भारत सीमामा रहेको काँकडभिट्टा बहुमुखी क्याम्पसमा सङ्गठन निर्माण गरेको छ । अखिल (क्रान्तिकारी) झापा जिल्लाले समीरको अध्यक्षतामा १७ सदस्यीय मूल एकाइ समिति गठन गरेको जानकारी अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष सञ्जय राईले दिएका छन् ।

२०७५ मङ्सिर २७ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :