डोटीमा नेकपाको विशाल जनसभा

  काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनामा बिहीबार जोरायलमा सामना सांस्कृतिक कार्यक्रमसहित विशाल जनसभा सम्पन्न भएको छ । पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन प्रमुख अतिथि रहेको कार्यक्रममा व्यापक जनता, व्यापारी, बुद्धिजीवी, शिक्षक र विद्यार्थीको सहभागिता थियोे । कार्यक्रममा प्रमुख अतिथि पुनले अहिले काठमाडौँको सिंहदरबार गाउँगाउँमा हैन, त्यहाँका स्यालहरू गाउँगाउँमा आएर जनताको सेवा र सुविधा लुटेको बताए । कथित जनप्रतिनिधिहरूले डोजर बोकेर हिँडेको प्रति इङ्गित गर्दै पुनले देशलाई लुटाहा ठेकेदारहरूले लुटिरहेको बताए । जनताका सच्चा प्रतिनिधि आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई दलाल राज्यले अनावश्यक गिरफ्तार गरेर दुःख दिइरहेको तर निर्मलाका हत्यारालाई संरक्षण गरिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

कार्यक्रममा कैलालीका पार्टी इन्चार्ज विवेक कुमाल, डोटी जिल्ला इन्चार्ज शिखर, सेती ब्युरोका न्याय विभाग प्रमुख गणेश ढकाल, डोटी जिल्ला सचिव गणेश रैकाल, दलित मुक्ति मोर्चाका सेती–महाकाली प्रमुख बरु तिरुवा, अखिल क्रान्तिकारी सेती ब्युरो प्रमुख लोकेन्द्र सार्की, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष मीना साउद, बजार व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर मडै, लक्ष्मी सरस्वती सहकारी संस्थाका अध्यक्ष दिनेश मल्ल, युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष कलम चन्द, संयुक्त उद्योग व्यापार सङ्घका खेम चन्दलगायतले सम्बोधन गरेका थिए । अर्जुन देउवाको सञ्चालन र धनबहादुर सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मीरा सहनीलगायत नेकपामा प्रवेश गरेका थिए । सभामा स्थानीय देउडा, गजल र कविताहरू वाचन गरिएको थियो ।

२०७५ मङ्सिर २८ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :