केपी–प्रचण्डले दलाल पुँजीवादको घोडा चढेर समाजवादको झुठो सपना जनतामा बाँडेको छ – नेता पुन

     

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीको गौरिगंगा नगरपालिका अन्तरगतको एरिया कमिटीको आयोजनामा आज मङ्सिर २५ गते मसुरिया बजारमा विशाल जनसभा सम्पन्न भएको छ ।

पार्टीको सङ्गठन ‘सुदृढीकरण तथा विस्तार अभियान’ अन्तरगत सम्पन्न भएको कार्यक्रमलाई पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा पुनले केपी–प्रचण्डले दलाल पुँजीवादको घोडा चढेर समाजवादको झुठो सपना जनतामा बाँडेको जिकिर गरे । नेता पुनले हाल नेपालमा केपी–प्रचण्डको अगुवाइमा कम्युनिस्ट हुण्डरी अर्थात कम्युनिस्टको नाममा लुटपाट चलेको भन्दै यसको सशक्त प्रतिकार जनताले गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

सभामा जिल्ला र ब्युरोका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियोे भने हजारौँ जनताको उपस्थिति रहेको थियोे । कार्यक्रमको अध्यक्षता पार्टीका एरिया इन्चार्ज सुसिल र सञ्चालन एरिया सचिव रमेश साउदले गरेका थिए भने सामना परिवारको बेजोड प्रस्तुति सहित स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहेको थियो ।

कार्यक्रममा सरकारी नेकपा परित्याग गरि पूर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर प्रवेश शाही, पलाटुन कमान्डर गौरब जेठारा, पलाटुन भिसि भागिराम नेपाली, लालबहादुर थापा र सरोज शर्माले पार्टी प्रवेश गरेका थिए भने धुर्बिकृत हुनेहरूलाई प्रमुख अतिथि पुनले अभिर लगाएर स्वागत गरेका थिए ।

२०७५ मङ्सिर २६ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :