जनपरिषदद्वारा माफियाले हडपेको जग्गा कब्जा

पोखरा : कास्कीको पर्यटकीयस्थल पोखराको मुटु मानिने न्यूरोडमा माफियाले हडपेको जग्गामा जनपरिषदले डोजार चलाएर पीडितलाई वितरण गरेको गरेको छ । न्यूरोडस्थित कैलाश विकास बैंकको सामुन्ने रहेको कृष्ण थापाको नौ रोपनी ३ आना जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहुले धेरैपहिले आफ्नो बनाएका थिए । तर थापाले यसबारे कानूनी उपचार खोज्दासमेत न्याय नपाएपछि न्याय पाउन जनपरिषदमा उजुरी दिएका थिए ।

सोही उजुरीमाथि छानबिन गर्दा खोप्लाङ्गेले झुक्याएर थापाको जग्गा आफ्नो बनाएको पाइएपछि सोमबार कास्की जनपरिषदले हडपेको जग्गामा डोजार चलाई उक्त जग्गा पीडित थापालाई वितरण गरिएको जनपरिषद प्रमुख रामकाजी गुरूङले जानकारी दिएका छन् ।

यसअघि उक्त जग्गा बिक्री वितरण र भाडामा नदिन जनपरिषदले सार्वजनिक रुपमा अपिल गर्दै आइरहेको समेत तिवारीले बताए । अपिललाई अटेर गरेर भूमाफिया र सुद्खोरहरुले भौतिक संचरना बनाउन शुरु गरेपछि डोजर चलाउन बाध्य भएको जनाइएको छ ।

२०७५ मङ्सिर २५ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :