इन्जिनियरले चुनाव बहिष्कार गर्ने

काठमाडौँ : जनगणतान्त्रिक इन्जिनियर्स एसोसिएसन नेपालको सातौँ पूर्ण बैठक सम्पन्न भएको छ । सङ्गठनका केन्द्रीय संयोजक ई.सुरेशकुमार चौधरीको अध्यक्षतामा नेकपाका पोलिटब्युरो सदस्य तथा जवस ब्युरो इन्चार्ज जीवन्तको उपस्थितिमा मङ्सिर २२ गते काठमाडौँमा सम्पन्न भएको हो ।

संयोजक चौधरीले मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै सिन्डिकेट लगाएर ७० प्रतिशतभन्दा बदी इन्जिनियरहरूलाई चुनावभन्दा बाहिर राखी बेवास्ता गरेर गर्न लागिएको नेपाल इन्जिनियरिङ एसोसिएसनको चुनाव बहिष्कार गर्ने र आमइन्जिनियरहरूको वास्तविक हकहित संरक्षण गर्नका लागि इन्जिनियरहरूका सबैखाले समस्याहरू समाधान गर्नका लागि निरन्तर सङ्घर्ष गर्ने जनाएका छन् । बैठकका प्रमुख अतिथि जीवन्तले पार्टी आन्दोलन, राष्ट्रिय राजनीति, इन्जिनियरिङ आन्दोलन र निर्वाचनका बारेमा प्रशिक्षण दिएका छन् ।

बैठकले आगामी माघ १२ गते जनगणतान्त्रिक इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय सम्मेलन गर्ने, सम्मेलनका लागि इन्जिनियरिङ भेला, आन्तरिक प्रशिक्षणलगायत तयारी द्रुतगतिमा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नेपाल इन्जिनियरिङ एसोसिएसनको चुनाव बहिष्कार गर्ने, नेपाल इन्जिनियरिङ एसोसिएसन र नेपाल इन्जिनियरिङ काउन्सिललाई सङ्गठनले मागसहित ज्ञापनपत्र पेस गर्ने निर्णय गरेको छ ।

बैठकले सम्मेलनलाई केन्द्रित गरी चार उपसमितिको कार्यविभाजन गरेको छ । विधान प्रतिवेदन उपसमितिमा सुरेशकुमार चौधरी, सदस्यहरूमा सन्तोष बजगाईं, टोपबहादुर बानियाँ, सुजन देव, आर्थिक उपसमितिमा सुजन देव, सदस्यहरू सुमितकुमार गिरी, नवीन यादव, मुकेश महासेठ, रञ्जन शर्मा, रतन डाँगर, मोहन गौतम, प्रचारप्रसार उपसमितिमा सन्दीप पुरी, रूपक देव, सुजलप्रकाश, राधेश्याम मण्डल, विवेक देव र व्यवस्थापन उपसमितिमा ज्योेतिप्रकाश चौधरी, मोहन भट्टराई, ऋषिरञ्जन चौधरी रहेका छन् ।

जनगणतान्त्रिक इन्जिनियर्स एसोसिएसन, नेपालको अपिलको पूर्ण अंश
साथीहरू
अहिले नेपाल इन्जिनियरिङ एसोसिएसनको ३२ औँ केन्द्रीय समितिको निर्वाचन हुँदैछ । लगभग ४४,००० रजिस्टर्ड इन्जिनियरहरूमध्ये २६,००० भन्दा पनि बढी इन्जिनियरहरूलाई समेट्न नसकेर गर्न लागिएको चुनाव आफैँमा अलोकतान्त्रिक छ । नेपाल इन्जिनियरिङ एसोसियसनले आफ्ना मूल उद्देश्यहरूलाई कार्यान्वयन गर्न नसकेर चुनावका नाममा चुनाव मात्र गराउनु लज्जास्पद छ । नेपाल इन्जिनियरिङ एसोसिएसनको चुनाव समग्र इन्जिनियरहरूको हकहितका लागिभन्दा पनि राजनीतिक नियुक्ति प्राप्त गर्न फेस एक्स्पोजरका रूपमा प्रयोग गरिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसनलाई हतियार बनाई आफ्नो निज स्वार्थ परिपूर्ति गर्न कुसंस्कारको खेल भइरहेको छ । ३१ औँ केन्द्रीय कार्यकारिणीको चुनाव सन्पन्न भइसकेको अवस्थासम्म उही पूरा गर्न नसकेका पुरानै एजेन्डाहरू बारम्बार उठाएर दलीय मानसिकता बोकेका समूहहरूले आफँैले आफैँलाई असफल साबित गरेको छ । साथीहरू यो चुनाबले पनि इन्जिनियरहरूको पेसागत हकहितको संरक्षण गर्न सक्दैन । त्यसैले जनगणतान्त्रिक इन्जिनियर्स एशोसियसन नेपालले नेपाल इन्जिनियरिङ्ग क्षेत्रमा रहेका विकृति विसंगतिहरूलाई सच्याउँदै इन्जिनियरहरूको पेशागत हकहित अधिकारको संरक्षण गर्न अभियानमा जुटेको छ र हामे सङ्गठन यो कथित चूनावको बहिस्कार गर्दछ । साथै देशभक्त क्रान्तिकारी, परिवर्तकारी, इन्जिनियरहरूलाई यो चूनाव बहिस्कार गर्न अपिल गर्दछ ।
चूनाव बहिस्कार गरिएको कारणहरू
१. नेपाल इन्जिनियरिङ्ग एशोसियसन आम इन्जिनियरहरूको साझा सङ्गठन हो भन्ने कुरा सावित गर्न नसकेको
२. आम इन्जिनियरहरूको पेशागत सुरक्षा पारीश्रमिक र व्यक्तिगत सुरक्षा गर्न असफल भएको
३. नवआगन्तुक इन्जिनियरहरूको लागि इन्टर्नशिपको व्यवस्थ गर्न नसकेको
४.इन्जिनियरहरूको पेशागत क्षमता अभिवृदि गर्न इन्जिनियरिङ्ग स्टाप कलेजको स्थापना गर्न असफल भएको
५. प्राइभेट सेक्टरमा कार्यरत इन्जिनियरहरूको लागि न्यूनतम मापदण्ड बनाई तलव निर्धारण गर्न असफल भएको
६.इन्जिनियरिङ्ग विषय सम्बन्धी निकायहरूमा इन्जिनियर प्रमुख कार्यकारी रहने गरी व्यवस्था गर्न नसकेको
७. रोजगारको वातावरण तयार गरी सम्मानजनक सेवा सुविधाको ग्यारेण्टी गर्न नसकेको
८. देशभित्र सञ्चालन हुने परियोजनाहरू बारे देशको हितमा स्पस्ट घारणा प्रस्तुत गर्न नसकेको
९. ठुला कन्सल्टेन्सी, कन्सट्रक्सन कम्पनीहरूले गर्ने गरेको खुलेआम भ्रष्टाचारको बारेमा बोल्न पनि नसकेको
१०. इन्जिनियरिङ्ग शिक्षामा भइरहेको अराजकता मनोमानी शूल्क निर्धारणमा काम गर्न असफल भएको ।

२०७५ मङ्सिर २५ गते
संयोजक
ई. सुरेशकुमार चौधरी

 

२०७५ मङ्सिर २५ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :