अदालतको आदेशले तिरुवा रिहा

ram bahadur tiruwaजेठ १८, काठमाडौंः २५ दिन अघि ललितपुर प्रहरीद्वारा अपहरण तथा शरिर बन्धक मुद्दा लगाएर थुनिएका युवा रामबहादुर तिरुवा बिहिबार ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका छन् । तिरुवाकोे पक्षबाट अधिवक्ताहरु कपिल पोखरेल, पुण्यप्रसाद खतिवडा, खिमानन्द अधिकारी, जिल्ला अदालत ललितपुर बारका अध्यक्ष प्रकाश महर्जन, दीपक विष्ट, जि.वि. आचार्य, हरिबहादुर खड्का, दुर्लव कुमार पुनसमेतले बहस गर्नुभएको थियो । स्मरण रहोस्, गत चैत १८ गते ललितपुर,जावलाखेलस्थित एक कम्प्लेसमा भएको नेपाल कम्युनिस्ट पार्टीको प्रशिक्षण कार्यक्रममा विना अनुमती सादा पोशाकका प्रहरी प्रवेश गरेको भनी भएको विवादपछि तिरुवा र सुरेश लामालाई शरिर बन्धक तथा अपहरण मुद्दा लगाइएको थियो । अदालतले २५ हजार धरौटीमा तारेखमा तिरुवालाई रिहा गर्ने आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :