युवा नेता रिहा भए

Suresh Lamaकाठमाडौंः जेठ १८, नेपाल कम्युनिस्ट पार्टी, ललितपुरका युवा नेता सुरेश लामा भर्खरै सर्वाेच्चको आदेशमा रिहा भएका छन् । सर्वाेच्चका माननीय न्यायाधिसद्धय गोपाल पराजुली र देवेन्द्र गोपाल श्रेष्ठको सयुक्त इजलाशले बन्दी सुरेश लामाको तर्फबाट निजका आफन्त सुशिल आचार्यद्वारा प्रस्तुत बन्दी प्रत्यिक्षिकरण रिट उपर सुनुवाई गर्दै ‘गैरकानुनी थुनामा राखेको देखिन आएको हुनाले तत्काल रिहाइ गर्नु’ भनी आदेश भएको छ । लामाका कानुनी सल्लाहकार एकराज भण्डारीले सो कुराको पुष्टि गर्नु भएको छ । लामाको तर्फबाट अधिवक्ताहरु एकराज भण्डारी, दिनमणी पोखरेल, बारका केन्द्रीय उपाध्यक्ष कुलानन्द उपाध्याय, प्रकाश महर्जन, पुण्य खतिवडा, कपिल पोखरेल, हरि खड्का, खिमानन्द अधिकारीसमेतले बहस गर्नु भएको थियो । प्रतिवादी सरकारको तर्फबाट सरकारी अधिवक्ता श्याम कुमार भट्टराईले बहस गर्नुभएको थियो । लामाको रिहाइको घट्ना र अदालतको आदेश हेर्दा सरकारले देशभरि नै नागरिकमाथि गैरन्यायिक थुनछेक  गरेको देखिन आएकोे छ  ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :