उत्पीडित वर्गको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह

 

पोखरा : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीका इन्चार्ज रुपेशले गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत उत्पीडित वर्गको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । क्रान्तिकारी पत्रकार सङ्गठन कास्कीको सोमबार पोखरामा भएको भेलालाई सम्बोधन गर्दै नेकपाका नेता रुपेशले पत्रकारहरुलाई यस्तो आह्वान गरेका हुन् ।

उनले वर्तमान परिस्थितिमा अधिकांश नेपाली सञ्चार माध्यमले उत्पीडित वर्गका आवाजहरुलाई उठान गर्न नसकेको गुनासो गरेका थिए । उनले कास्की जिल्लामा देखिएका उत्पीडनका घटनाहरुलाई उल्लेख गर्दै त्यस्ता घटनाहरुका बारेमा कलम चलाउन अनुरोध गरे ।क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य एबम गण्डकी धवलागिरी संयोजक ओम हमालले नेपाली सञ्चार माध्यममा बैदेशिक तथा दलाल र सामन्तहरुको लगानी बढिरहेकाले नेपाली सञ्चार माध्यम आवाजबिहिनहरुको आवाज भन्दा पनि आवाज हुनेहरुको आवाज हुँदै गएकोमा आपत्ति प्रकट गरे ।

सङ्गठनलाई सलामी, गुलामी, हरामी र दलाली तथा मौका परस्त व्यक्तिहरुबाट बचाउन आग्रह गर्दै क्रान्तिकारी पत्रकार सङ्गठनका नेता हमालले मन्त्री, नेताका अनुहारतिर ठडिने पत्रकारहरुको रेकर्डर र क्यामराहरुलाई गरीब, किसान, मजदुर, सुकुम्बासी जस्ता उत्पीडितहरुको आवाज बुलन्द गर्ने कार्यमा लगाउनुपर्ने आवस्यकता औंल्याए।

भेलाले आगामी एक महिनाभित्र जिल्ला भेला गर्ने गरी क्रान्तिकारी पत्रकार सङ्गठनका केन्द्रीय सदस्य समेत रहेका रमाकान्त बास्तोलाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ ।

२०७५ मङ्सिर २४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :