जनता हिजो पनि लुटिएकै थिए, आज पनि लुटिइरहेका छन्, कुनै फरक भएको छैन : ओमप्रकाश पुन ‘निर्माण’

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुन ‘निर्माण’ले हिजो बहुदलका काङ्ग्रेस–एमालेहरूले जे गरे अहिले आफूलाई कथित माओवादी भन्नेहरूले त्यही गरिरहेको बताएका छन् । नेता पुनले सामना सांस्कृतिक परिवारको जनसांस्कृतिक अभियान अन्तर्गत सास्कृतिक कार्यक्रमलाई आइतबार कैलालीको हसुलियामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

सम्बोधनको केही अंस
फरक केहीपनि छैन यहाँअहिले पनि विद्यार्थी भाइबहिनीहरूले सुन्नुपर्छ–तपाईंहरू यो देशको कर्णधार हो । युवाहरू यो देशको कर्णधार हो । तपाईंहरू राम्रो बन्नुभो भने यो समाज राम्रो बन्नेछ । तपाईंहरू राम्रो हुनुभयो भने यो देश राम्रो हुनेछ । तपाईंहरू इमानदार हुनुभयो भने समाज इमानदार हुनेछ । मैले यो भन्दा केही वर्ष पहिला अमेरिकाको हार्वर्ड र सिकागो सहरमा केही विद्यालयमा ७–८ कक्षामा पढ्ने विद्यार्थीसँग अन्तरक्रिया गर्ने अवसर पाएको थिएँ । त्यहाँ ‘संसारमा हाम्रो नेपाल जस्तो धेरै देशका विद्यार्थीहरूले शिक्षा पाएका छैनन्, त्यहाँ विद्यालय राम्रा छैनन्, त्यसकारण ती देशका विद्यार्थीलाई हामीले सघाउनुपर्छ’ भन्दाखेरि सिकागो शहरका ८ कक्षाका विद्यार्थीले आफ्नो खाजाको पैसा जम्मा गरेर त्यो पैसा नेपालको एउटा स्कुलमा लगानी गर्न आएका रहेछन् । अनि हामीले सोध्यौँ–तिम्रो देशका सम्मानित मानिस को हुन् ? उनीहरूले भने– हाम्रो देशका सम्मानित नागरिक राजनेताहरू हुन् । तर नेपाल अहिले कस्तो छ भने सबैभन्दा घृणा लाग्दो पात्र राजनीतिक पार्टीका नेताहरू रहेको छ । हाम्रो देशमादुईवटा शिक्षा छन् । दुईखालका मान्छेहरूपनि छन्, विभेद पनि छन् । देशमा परिवर्तन आएको छ । गणतन्त्रको कुरा, सङ्घीयताको कुरा, धर्मनिरपेक्षताको कुरा राष्ट्रपति प्रधानमन्त्रीहरू हिजो राजाको ठाउँमा आएका छन् तर नेपाली जनताको जीवनस्तरमा परिवर्तन आएको छैन । हिजो राणाकालमा र पञ्चायतकालमा गाउँगाउँमा जमिनदारहरू, पुँजीपतिहरूले जनताको घरआँगनमा बसेर तमसुक बनाएर जनतालाई ऋण दिन्थे । उनको घरमा हामी ठेकी बोकेर, घ्यु, मह, दूध, दही रफलफूल बोकेर, कमिसन ख्वाएर जनताले ऋण ल्याउँथे । जमिनदारहरूले जनतालाई दिएको ऋणको ब्याजको स्याज लिन्थे । जनताको जमिन लुटिने गथ्र्यो । जनताका छोराछोरीलाई कमैया र कमलरीहरू बनाउँथे । आज तिनै साहूहरू बजारमा आएर वित्तीय बैङ्कहरू खोलेका छन् । आज तिनै बैङ्कले हामीलाई घूस खाएर, चर्को ब्याजलगाएर हाम्रो घरखेती नै उठीबास लगाउने गरेका छन् । जनताका छोराछोरीहरू आज कमैया र कमलरीबाट मुक्त त भए तर तिनै बैङ्कको ऋणतिर्न नसकेर घरबार विहीन भएर हामी मलेसिया, कतार र अरबतिर जान बाध्य भएका छौँ अनि के फरक भयो त हिजो र आजमा ? हिजो घरमा बसेर हामीलाई ठग्थे, आज बैङ्क खडा गरेर हामीलाई ठगिरहेका छन् । फरक केही पनि छैन । हिजोका सामन्त र जमिनदारहरूले हाम्रा चेलीहरूलाई घरभित्र थुनेर अस्तित्व लुट्थे, बलात्कार गर्थे, हिंसा गर्थे भने आज तिनै साहूहरू, हिजोका मुखिया रजिम्मलहरू हाम्रा चेलीहरूलाई सहरबजारका होटेलहरूमा ल्याएर नाङ्गो शरीर मसाज गराएर लुटिरहेका छन् । हिजोका सामन्तहरूले कार्यालयभित्र टेबुलमुनिबाट हामीसँग घूस माग्थे, आज खुलमखुला भ्रष्टाचार र ठगी गरिरहेका छन् ।’

२०७५ मङ्सिर २४ गते साेमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :