नेकपाले इलाममा बनायो एककिलोमिटर सडक, सङ्गठन निर्माण अभियान तीव्र

  

इलाम : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरू देशव्यापी ‘सङ्गठन सुदृढीकरण र विस्तार अभियान’सँगै जनभेटघाट र जनश्रमदानमा जुटेका छन् । यसै क्रममा नेकपा मेचीब्युरोअन्तर्गत इलाममा नेकपाकाकार्यकर्ताहरू सडक निर्माणमा जुटेका छन् । नेकपाकायुवाहरूलेइलामको चुलाचुलीगाउँपालिका १ नं वडामा श्रमदान गरी सडक निर्माण गरेका छन् ।

नेकपामेचीब्युरोको योजनामा एक किलोमिटर सडक मर्मत गरिएको छ । सडकमर्मतकालागिदर्जनौँयुवाले श्रमदान गरेका थिए । सडक भत्किएका कारण स्थानीयबासिन्दालाई आवतजावतमा समस्या भएपछि आफूहरूले सडक मर्मत गरेको जानकारी अभियानमा सहभागीदीपक बिष्टले दिए ।

एकीकृत जनक्रान्तिको उद्घोष गरेको नेकपाका नेता र कार्यकर्ताजनतालाई सङ्गठित गर्दै गाउँदेखि सहरसम्म स्थानीयबासिन्दासँगश्रम सहकार्य गरिरहेका छन् । नेकपाका केन्द्रीय स्तरका नेतासमेत विभागीयजिम्मालिएर आआफ्नो कार्यक्षेत्रमातल्लीन रहेका छन् । मङ्सिर ८ को विशालजनसभाबाट हौसला बटुलेको नेकपाका नेता र कार्यकर्ता उच्चमनोबल लिएर विकट बस्तीहरूमापुग्नथालेका छन् ।

२०७५ मङ्सिर २४ गते साेमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :