रुकुममा अग्निपीडितलाई राहत, सत्तासीन पार्टीका तीन दर्जन बढी नेकपामा प्रवेश

रुकुममा अग्निपीडित परिवारलाई राहत वितरण कार्यक्रम

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी पश्चिम रुकुमले जिल्लाको आठबिसकोट नगरपालिका ३ का अग्निपीडित हर्कबीर नेपालीको परिवारलाई सहयोग गरेको छ । नेकपाले पीडित नेपालीको परिवारलाई ७५ हजार नगद सहयोग गरेको छ भने उनको आवास निर्माणको लागि १३ जना पार्टीका नेता-कार्यकर्ताले ५ दिन सम्म श्रमदान गरेका छन् । आइतबार आयोजित राहत वितरण कार्यक्रममा बोल्दै जिल्ला जनपरिषद रुकुमका प्रमुख चन्द्रबहादुर खड्काले जनपरिषदले जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताए । कार्यक्रमका विशेष अतिथि तथा नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले जनताका दुःखसुखमा आफ्नो पार्टीले सधैँ हातेमालो गर्दै जाने बताए । सेक्रेटरी बुढाले जनताका दुखकष्टमा सहयोग एवम् सहकार्य गर्ने पनि बताए । नेपाल कम्युनिस्ट पार्टीको आह्वान र पहलमा देशैभरी क्रान्तिकारी धु्रवीकरण भइरहेको बेला पश्चिम रुकुममा पनि केपी-प्रचण्डको पार्टीका नेता-कार्यकर्ताहरु विप्लव नेतृत्वमा प्रवेश गरेका छन् । सत्तासीन नेकपाका कमल बोहराको नेतृत्वमा ३१ जना नेताकार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढाले पार्टी प्रवेश गराएका थिए ।

सत्तासिन नेकपा छोडेर विप्लव नेकपामा प्रवेश गर्नेहरु

अग्नीपीडितको घर निर्माण गर्दै नेकपाका कार्यकर्ता
राहतबितरण कार्यक्रममा सहभागी स्थानीय

 

२०७५ मङ्सिर २३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :