अखिल (क्रान्तिकारी)ले कोसीमा सुरू गर्‍यो ३ महिने कम्युनिस्ट विद्यार्थी अभियान

 

धरान : अखिल (क्रान्तिकारी)ले तीन महिने “कम्युनिस्ट विद्यार्थी अभियान” कोसी ब्युरोमा पनि सुरू गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले केन्द्रीय कार्यक्रम अनुसार आइतबारबाट अभियन सुरू गरेको हो ।

सङ्गठनको कोसी ब्युरोले धरानको महेन्द्र बहुमुखी क्याम्पसमा कार्यक्रमको आयोजना गरि अभियानको उद्घाटन गरेको छ । कार्यक्रमको अध्यक्षता सङ्गठनका केन्द्रीय सदस्य पुष्प न्यौपानेले गरेका थिए भने नेकपा मोरङ जिल्ला इन्चार्ज प्रज्वल, सुनसरीका इन्चार्ज युगेन राई, सेक्रेटरी पुष्प कोइराला, अखिल (क्रान्तिकारी)का, कोशी ब्युरो संयोजक सुनिल बन्जाडे, कोशी ब्युरो सदस्य डिबी सिलवाल, ब्युरो सदस्य सागर लिम्बु, ब्युरो सदस्य आकाश गौतमलगायतको सहभागीता थियो ।

गत १८ मङ्सिरमा पोखरा, कैलाली, झापा, काठमाडौँबाट एकैसाथ उद्घाटन भएको अभियान आगामी फागुन १८ गते सम्म देशव्यापी चल्ने जनाएको छ । अभियानको क्रममा नारा लेख्ने, पर्चा पम्प्लेट वितरण गर्ने, शैक्षिक माफियाहरुको भण्डाफोर गर्ने, स्नातक तह माथि अध्ययन सम्पुर्ण क्याम्पसहरुमा सङ्गठन निर्माण गर्ने रहेका छन् । त्यस्तै सरकारी शैक्षिक संस्थाहरुमा सरसफाइ सहित अन्य अतिरिक्त क्रियाकलाप गर्ने कार्यक्रम रहेको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य पुष्प न्यौपानेले जानकारी दिए ।

२०७५ मङ्सिर २३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :