अखिल (क्रान्तिकारी) को चेतावनी

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय एकाइ समितिले अवैध रूपमा सहप्राध्यापकहरूलाई नियुक्ति दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) शैक्षिक विकृति–विसङ्गतिका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ ।
अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय एकाइ समितिका संयोजक भरत विकले मङ्सिर २३ गते आइतबार शाखा विभागीय प्रमुखलाई पत्र लेख्दै अवैधानिक नियुक्ति खारेजीको माग राखेर आपत्ति जनाएका हुन् । उनको पत्रमा लेखिएको छ, ‘२४ घण्टाभित्रमा अवैधानिक नियुक्ति खारेज गर्नका लागि विशेष अनुरोध गर्दै विद्यार्थीको पठनपाठनका विषयमा तत्काल प्रक्रिया पु¥याई वैज्ञानिक रूपमा लिखित, मौलिक र कक्षा अवलोकन गरी आवश्यकताअनुरूप मात्रै व्यवस्थापन गर्न अनुरोध गर्दछौँ ।’
उनले पत्रमा लेखेका छनर, ‘अन्यथा हाम्रो सङ्गठन कडाभन्दा कडा सङ्घर्षमा उत्रने चेतावनी दिन्छौँ ।’

२०७५ मङ्सिर २३ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :