सहिदका सपना बेचेर खानेहरुका विरुद्ध अर्को क्रान्ति आवश्यक : प्रकाण्ड

     

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं पार्टी प्रवक्ता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुका विरुद्ध एकपटक अर्को क्रान्ति आवश्यक भएको बताएका छन् । अब हुने नयाँ क्रान्तिका लागि जनताको साथ चाहिएको भन्दै अन्तिम संघर्षका लागि साथ दिन र तयारी अवस्थामा बस्न अनुरोध गरेका छन् ।
                  प्रवक्ता प्रकाण्डको गृह जिल्ला कालीकोटमा आयोजनामा गरिएको उनकाे स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले यस्तो बताएका हुन् । पचास दिन लामो हिरासत बसाईपछि पहिलोपटक गृह जिल्ला कालिकोट पुगेका प्रकाण्डले जिल्लाबासीहरुलाई सम्बोधन गर्दै आफु ५० दिन लामो हिरासत बसाइँको क्रममा राज्यले २ पटक हत्या गर्ने योजना गराएको भन्दै दलाल सत्ताका विरुद्ध एक पटक सशक्तढंगले लडाइँ लडनु पर्नेमा जोड दिएका थिए । प्रवक्ता प्रकाण्डले अहिले स्थानीय निकायमा भष्ट्राचार बढेको भन्दै भष्ट्रचारीलाई गाउँबाट खेद्नु पर्ने बताए । गत मङ्सिर १९ गते कालिकोट जिल्ला सदरमुकाममा आयोजित विशाल जनसभा सकेर प्रवक्ता प्रकाण्ड नेकपाको जनसत्ताले निर्माण गरेको खुलालु माल्कोट शहिद मार्गको समेत अवलोकन गर्दै माल्कोट पुगेका थिए ।
           कार्यक्रम नेकपाका केन्द्रीय सदस्य एवम् कर्णाली ब्युरो ईन्चार्ज एटम विशि,केन्द्रीय सदस्य आदर्श,कालिकोट जिल्ला ईन्चार्ज समर शाही,क्रान्तिकारी पत्रकार सँगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,शहिद मार्ग निर्माण समितिका अध्यक्ष बल बहादुर बुढा अविचल लगाएत उपस्थित थिए । माल्कोट पुगेका प्रवक्ता प्रकाण्ड लगाएतका नेताहरुलाई माल्कोटबासिको तर्फबाट कमल बहादुर बटलाले स्वागत गरेका थिए ।

२०७५ मंसिर २३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :