राजनैतिक आस्थाका आधारमा गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले राजनैतिक आस्थाकै आधारमा विनाकारण आफनो पार्टीका नेताकार्यकर्तालाई पक्राउ गरेको भन्दै आपत्ती जनाएको छ । नेकपाका बाँकै जिल्ला इन्चार्ज तथा सेक्रेटरी अर्जुनले विज्ञप्ती जारी गर्दै प्रशासनले आफनो पार्टीका जिल्ला सदस्य एवं अखिल नेपाल क्रान्तिकारी टे«ड युनियनका केन्द्रीय सदस्य बसन्त विकलाई राजनीतिक प्रतिसोधका आधारमा पक्राउ गरी हिरासतमा राखेको बताएका छन् । विकलाई शुक्रवार कोहलपुर नगरपालिका कौशीलानगरबाट पक्राउ गरेको हो । अर्जुनद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ हाम्रो पार्टी यो गिरफ्तारीको घोर निन्दा एवं भत्र्सना गर्दछ, र विकको रिहाईको जोडदार माग गर्दछ ।’ जिल्ला सदस्य विकलाई रिहाई नगरे यस्ता घटना फेरी यस्ता घटना दोहोराए प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् ।

२०७५ मंसिर २३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :