पार्टी नीति विपरीत काम गर्ने कार्बाहीमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको जनकपुर ब्यूराेले पार्टी नीति विपरित काम गर्ने एक कार्यकर्तालाई कार्वाही गरेको छ । बिहिबार सो ब्युरोका इन्चार्ज अरुणले एक प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुली जिल्लाको हरिहरपुरगढि ७ का हरिकृष्ण घिमिरेलाई पार्टी नीति विपरीत काम गरेकाले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट कार्वाही गरिएको बताएका छन् । कार्वाही परेका घिमिरेले आर्थिक अपचलन गरेको र दुश्मनसँग साठगाठ गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा जनाइए अनुसार घिमिरेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

२०७५ मंसिर २० गते प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :