मलेसिया रोजगारमा मन्त्री बिष्टको शङ्कास्पद साँठगाँठ

 

काठमाडौं : गत जेठ २ गतेदेखि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी बन्द गरेका कारण यो सात महिनामा ६० हजारभन्दा बढी युवा मलेसिया जानबाट वञ्चित भएका छन् । मलेसिया जाने कामदारसँग पाँच अर्बभन्दा बढी ठगी गरेको आरोपमा श्रम तथा रोजगारमन्त्री मन्त्री बिष्टले भीएलएन, बायोमेट्रकलगायत पाँच संस्थालाई खारेज गर्दै कारवाही गरेका थिए । त्यसपछि मलेसिया रोजगार पूरै ठप्प बन्न पुगेको छ । मन्त्री बिष्टले भने व्यावहारिक कठिनाइका कारण मलेयिा रोजगारी खुल्न समय लागेको स्पष्टीकरण दिर्दै आएका छन् । तर यसभित्र लुकेको रहस्य बिस्तारै सार्वजनिक हुँदै गएको छ ।
           यसैबीच विपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता रामहरि खतिवडाले श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्ट म्यानपावर व्यवसायी पूजा चन्दलगायतको सल्लाहमा चलेकाले सात महिनादेखि मलेसियाको रोजगारी गुमेको आरोप लगाएका छन् । उनले सार्वजनिक कार्यक्रममै मन्त्री बिष्टले ६ अर्ब चलखेल गरेको दाबी पनि गरेका छन् ।
वार्षिक चार अर्बभन्दा बढीको कारोबार हुने भीएलएन, बायोमेट्रीकलगायत संस्थाको व्यापारमा मन्त्री बिष्ट, म्यानपावर व्यावसायी चन्दलगायत केही मानिस चलखेलमा लागेको दाबी काङ्ग्रेस नेता खतिवडाको छ । मलेसियाको रोजगारीसग सम्बन्धित भेन्डर संस्था उनै पूजालाई दिन मन्त्री बिष्टले चलखेल गरेको आरोप खतिवडाको छ ।
वार्षिक दुई लाखभन्दा बढी कामदार रोजगारीका लागि मलेसिया जाने गरेका थिए । विदेशबाट भित्रिने रेमिट्यान्सको ३० प्रतिशत हिस्सा मलेसियाको रहने गरेको छ । सात महिना मलेसिया रोजगार बन्द हुँदा नेपालले १० अर्ब रेमिट्यान्स गुमाएको छ ।
आफूले नयाँ विकल्प पनि दिन नसक्ने र सञ्चालित संस्थाहरुमाथि पनि चलखेल गर्ने मन्त्री बिष्टको यो अस्वाभाविक खेल कहिले रोकिने हो र मलेसिया रोजगार खुल्ने हो, भिसा लागेर पनि मलेसिया जान नपाएकाहरु यसको प्रतीक्षामा छन् ।
२०७५

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :