फ्रेडरिक एङ्गेल्सका योगदानहरू

सामान्य परिचय :
              महान् फ्रेडरिक एङ्गेल्सको जन्म जर्मनीको जुलिच-क्लेवेज-बर्ग प्रुसिया प्रान्तमा भएको थियो । उहाँका बुबा धनी कपडा व्यापारी फ्रेडरिक एसआर र आमा इलिजाबेथ ‘एलिसा’ फ््रयान्जिस्का माउरिसिया वोन हार हुनुहुन्थ्यो । उहाँका आमाबुबा दुवै प्रोस्टेन्ट इसाई हुनुहुन्थ्यो । गएको नोभेम्बर २८ मा उहाँको जन्म भएको एक सय ९८ वर्ष पुगेर एक सय ९९ वर्ष लागेको छ । युवा फ्रेडरिकमा नास्तिकताप्रतिको विश्वास बढिराखेको थियो । त्यसले गर्दा उहाँका अभिभावकहरूमा तनाव हुन थालेको थियो । त्यही समयमा उहाँकी आमाले एङ्गेल्सलाई चिठी लेखेर भन्नुभएको थियो, ‘वास्तवमै तिमी धेरै टाढा गएका छौ’ र उनीसँग ‘अझ टाढा नजाऊन् भनेर’ ‘बिन्ती गरेकी छु ।’ उहाँले अगाडि भन्नुभयो, ‘तिमीले जनता र अपरिचितका लागि धेरै ग¥यौ र आफ्नै आमाका लागि केही पनि गरेनौ । भगवान्लाई थाहा छ पछिल्लो क्रममा म तिम्रा लागि कति तड्पिएकी छु र अनुभव गरिराखेकी छु । जब मैले पत्रिका उठाएर पढेँ अनि थाहा पाएँ– मेरो छोरालाई अख्तियारले गिरफ्तारीका लागि वारेन्ट जारी गरेको रहेछ । म असाध्यै चिन्तित भएँ ।’
        उहाँकी आमाले यस्तो लेख्दै गर्दा एङ्गेल्स बेल्जियमको ब्रसेल्स र तुरुन्तै लुक्दै स्विट्जरल्यान्डतिर हानिनुभएको थियो । १८४९ मा उहाँ अधिराज्य बाबारियामा बाडेन र पालाटिनेटमा क्रान्ति उठाउनका लागि जानुभएको थियो ।
१७ वर्षको उमेर पुग्दै गर्दा पारिवारिक कारणले उहाँले विद्यालय छाड्नुपरेको थियो । एङ्गेल्सले केही वर्षहरू बर्मेनमा बिताउनुप¥यो । १८३८ मा युवा एङ्गेल्सलाई अवैतनिक कार्यालय कामदारका रूपमा उहाँका बुबाले ब्रेमन पठाएका थिए । उहाँका परिवारले एङ्गेल्सलाई बुबाको व्यापारिक प्रतिष्ठालाई अँगाल्ने अपेक्षा राखेका थिए तर उनीहरूका छोरा क्रान्तिकारी गतिविधिमा लागेको भनी निराश बनाएको थियो । यो उहाँको परिवारको फर्ममा जोडिनुभन्दा केही वर्ष पहिला भएको थियो ।
        ब्रेमनको ह्विस्टमा एङ्गेल्सले हेगेलको दर्शन पढ्न थाल्नुभएको थियो । त्यस समयको जर्मनीमा त्यसको दबदबा थियो । पहिलोपटक १८३८ मा एङ्गेल्सको पहिलो कविता ‘द बेडाउन’ छापिएको थियो । उहाँ साहित्य र पत्रकारितामा पनि व्यस्त रहन थाल्नुभयो । ब्रेमनमा उहाँले बिरामी उद्योगहरूका बारेमा आलोचनात्मक लेखहरू पनि लेख्न थाल्नुभएको थियो । त्यस समयमा उहाँले ‘फ्रेडरिक ओस्वाल्ड’ को नक्कली नाममा लेख्ने गर्नुभएको थियो । १८४१ मा उहाँ प्रुसियन सेनामा घरेलु हतियारधारी सदस्यका रूपमा सहभागी हुनुभएको थियो । बर्लिनको विश्वविद्यालयमा युवा हेगेलपन्थी समूहमा प्रवचन दिनका लागि उहाँले हस्ताक्षर गर्नुभएको थियो । त्यहाँ औद्योगिक कामदारहरूको खराब रोजगारी र जीवनलाई समेटेर अज्ञात नाममा राइनिस जेइटुङमा लेख लेख्नुभयो । त्यो समयमा राइनिस जेइटुङका सम्पादक कार्ल माक्र्स हुनुहुन्थ्यो । १८४२ सम्म माक्र्स र एङ्गेल्सको भेट भएको थिएन । उहाँ बौद्धिक विकास र प्रतिष्ठा बढाउनका लागि जर्मन दर्शनद्वारा प्रभावित हुनुभएको थियो । उहाँले १८४० मा ‘जीवनको सबैभन्दा बाहिर प्राप्त गर्नका लागि तपाईं सक्रिय हुनुपर्छ । तपाईं बाँच्न चाहनुहुन्छ, जवान हुनुहुन्छ भने र साहससहितको रोमान्स हुनुपर्दछ’ भन्नुभयो ।
माक्र्ससँगको पहिलो भेट र मेरीसँगको प्रेम :
         १८४२मा एङ्गेल्सका अभिभावकहरूले २२ वर्षका युवा एङ्गेल्सलाई इङ्ग्ल्यान्डको म्यान्चेस्टरमा रहेको औद्योगिक केन्द्रमा पठाएका थिए । उहाँलाई सिउने धागो उत्पादन गर्ने बिक्टोरिया मिलमा पठाइएको थियो । एङ्गेल्सका बुबाले उहाँलाई त्यहाँ पठाएपछि सायद आफ्नो क्रान्तिकारी सोचाइमा पुनर्विचार गर्नुहुन्छ कि भन्ने सोचेका थिए । म्यान्चेस्टर जाने क्रममा कोलोने जहाँ रेइनिस जेइटुङको कार्यालय थियो त्यहाँ कार्ल माक्र्ससँग पहिलोपटक भएको थियो । त्यसबखत माक्र्ससँग भेट हुँदा माक्र्सलाई एङ्गेल्स युवा हेगेलियन नै रहेको भन्ने परेको रहेछ जब कि माक्र्स हेगेलको विरोधमा उभिइसक्नुभएको थियो ।
        म्यान्चेस्टरमा एङ्गेल्सको एकजना क्रान्तिकारी महिला मजदुरसँग भेट भएको थियो । उनको नाम मेरी बन्र्स थियो । उहाँहरूको सम्बन्ध मेरीको मृत्यु (१८६३ सम्म) नभएसम्म २० वर्ष कायम रहेको थियो । उहाँहरूका बीचमा कहिल्यै विवाह भएन । उहाँहरूबाट कुनै सन्तान पनि जन्मिएका थिएनन् । मेरीले आफ्नो सम्पूर्ण जीवन सर्वहारा वर्गको मुक्तिका लागि लगाउने प्रण गर्दै क्रान्तिका लागि काम गर्नुपरेकाले बच्चा नजन्माउने अठोट गरेको पाइन्छ । एङ्गेल्स महिला र पुरुषका बीचमा एकनिष्ठ सम्बन्धका पक्षमा हुनुहुन्थ्यो । चर्चमा गरिएको विवाहमा दमन लाद्ने गरिएको उहाँको गहिरो विचार थियो । त्यसैले विवाह नै नगरे पनि एङ्गेल्सले मेरीको मृत्युपछि मात्र मेरीकी बहिनी लेजीसँग सम्बन्ध बढाएको पाइन्छ । म्यान्चेस्टर र साल्फोर्डका खराब जिल्लाहरूको अनुसन्धान गर्नका लागि बर्नले नै एङ्गेल्सलाई निर्देश गर्नुभएको थियो ।
एङ्गेल्सका योगदानहरू :
      १८४३ को अक्टोबर र नोभेम्बरका बीचमा म्यान्चेस्टरमा रहँदा एङ्गेल्सले पहिलोपटक आर्थिक लेख ‘राजनीतिक अर्थशास्त्रको आलोचनाको रूपरेखा’ शीर्षकमा लेख लेख्नुभएको थियो । त्यो लेखलाई माक्र्स बसेको स्थान पेरिसमा ड्युच—फ्रान्जोन्सिस जह्र्वुचेरमा छाप्न पठाउनुभएको थियो र १८४४ मा छापिएको थियो । जब म्यान्चेस्टरमा एङ्गेल्सले त्यहाँका सुकुमबासीहरूलाई देख्नुभयो, त्यहाँको डरलाग्दो अवस्थाको टिप्पणी गर्नुभयो । मुख्य रूपमा बालश्रमले उहाँलाई बढी नै छोयो । विलुप्त वातावरणमा काम गर्ने महिला र बच्चाहरू, अपमानजनक र अत्यधिक कामले गर्दा त्यहाँका कामदारहरूको अवस्थाको चित्रणबाट उहाँ अति नै विक्षिप्त हुनुभएको थियो । त्यसैलाई समेटेर एङ्गेल्सले एउटा त्रिग्रन्थीय लेख माक्र्सलाई पठाउनुभयो । त्यो लेख पहिला जेइटुङमा र पछि ड्युच-फ्रान्जोन्सिस जह्र्वुचेरमा छापिएको थियो, कामदारहरूका बीचमा इतिवृत्तान्तका रूपमा फैलिएको थियो । म्यान्चेस्टरमा उहाँले लेखहरू सङ्कलन गरेर १८४५ मा आफ्नो प्रभावकारी किताब ‘इङ्गल्यान्डमा कामदारहरूको अवस्था’ भएको थियो । १८४४ को सेप्टेम्बर र १८४५ को मार्चका बीचमा लेखेर जर्मनीमा १८४५ मा प्रकाशित भएको थियो । उक्त किताबमा एङ्गेल्सले ‘निर्दयी पुँजीवादको भविष्य र औद्योगिक युग’ कामदार जनताको घिनौलो अवस्थाका बारेमा बृहत् रूपमा व्याख्या भने छैन । त्यो कितावचाहिँ १८८७ मा अङ्ग्रेजीमा छापिएको थियो । म्यान्चेस्टरको उज्यालोमा एङ्गेल्सले समकालीन पुरातन खोजमा म्यान्चेस्टर विश्वविद्यालयको म्यान्चेस्टर शाही अस्पतालमा राखिएको पाण्डुलिपि सङ्कलित छ जहाँ मजदुरहरूको औद्योगिक दुर्घटनाहरूमाथि उहाँले टिप्पणी गर्नुभएको छ । एङ्गेल्स राजनीति र क्रान्तिकारी पत्रकारितामा लगातार सहभागी भैराख्नुभयो । बेलायती मजदुर र चार्टिस्ट आन्दोलनहरूका बीचमा उहाँ अक्सर लोकप्रिय भैराख्नुभयो । उहाँले द नर्दन स्टार, रोबर्ट ओवेनको नयाँ नैतिक विश्व, प्रजातान्त्रिक समीक्षाजस्ता धेरै पत्रिकामा लेख्नुभएको थियो ।
पेरिसमा एङ्गेल्स :
       १८४४ मा एङ्गेल्सले जर्मनी फर्किने निर्णय गर्नुभयो । बीच बाटोमा उहाँ पेरिसमा कार्ल माक्र्सलाई भेट्न रोकिनुभयो । माक्र्ससँग उहाँको यसअघि नै चिठीमार्फत सम्बन्ध कायम भैसकेको थियो । मार्च १८४३ देखि पर्सियन सरकारले रेइनिस जेइटुङमाथि प्रतिबन्ध लगाएदेखि (अक्टोबर १८४३ सालदेखि) कार्ल माक्र्स पेरिसमा बस्दै आउनुभएको थियो । माक्र्सलाई भेट्नुपूर्व एङ्गेल्सले माक्र्सले विकास गर्नुभएको भौतिकवादी र वैज्ञानिक समाजवादी स्वतन्त्र दर्शन विकासमा सहयोग गर्नुभयो ।
  पेरिसमा २८ अगस्त १८४४ मा माक्र्सले डुच फ्रान्जोसी जाहबुचरको प्रकाशन गरिराख्नुभएको थियो । डु पलाइसको क्याफे डे ला रेगेन्समा उहाँसँग एङ्गेल्सको दोस्रो भेट थियो । उहाँहरू छिट्टै जीवनभर नजिकको मित्र बन्नुभयो । माक्र्स-एङ्गेल्सले बेलायतका कामदारहरूको अवस्थाका बारेमा लेखेको लेख पढेर असाध्यै प्रभावित हुनुभएको थियो । माक्र्सले एङ्गेल्सले लेखेको लेखलाई परिमार्जित गर्दै बुर्जुवाहरूको राज्यसत्ता ढाली समाजलाई विकसित गरेर समाजवादमा लैजान सकिन्छ भन्ने आफ्नो दर्शनमा सम्बद्ध गर्नुभएको थियो । १८४५ को अन्त्यमा एङ्गेल्सले नयाँ किताब प्रकाशन गर्नुभएको थियो । उहाँले ‘एउटा वर्ग जसले समाजमा भएका कुनै फाइदाहरूको उपभोग गर्न पाएको छैन केवल खराबीहरूलाई सहनु परेको छ…जसले ती वर्गहरूको आदर गर्न सक्छ त्यसको गर्न सक्छ’ भनी लेख्नुभयो ।
पेरिसमा बस्दा एङ्गेल्सले माक्र्स होली फ्यामिली लेखनमा सहयोग गर्नुभयो । यो लेखन युवा हेगेलवादी र बाउवर दाजुभाइले फेब्रुअरीको अन्त्यतिर लेखेका थिए, १८४५ मा एङ्गेल्सले डुच फ्रान्जोसी जाहबुचरको प्रकाशनमा माक्र्सलाई पहिलादेखि नै सहयोग गर्नुभएको थियो जसलाई माक्र्स र अर्नोल्ड रुजले पेरिसमा १८४४ देखि प्रकाशित गर्दै आउनुभएको थियो ।


          पेरिसका ती दिनहरूमा, न्यायका लागि लिगको छुट्टै र भूमिगत क्रान्तिकारी सङ्गठनको सुरुआत गर्नुभएको थियो । उक्त लिग १८३७ मा फ्रान्समा समानता समाजलाई प्रोत्साहित गर्दै त्यहाँको सरकार ढाल्नका लागि बनाइएको थियो । १८३९ मा न्यायका लागि लिगले १८३९ मा लुइस अगस्ते बाकुनिनहरूले फ्रान्समा काल्पनिक समाजवादी क्रान्तिमा उक्साउन सहभागी गराएका थिए । यद्यपि रुज विचारमा युवा हेगेलवादी नै भैराखे, माक्र्स र रुज छुट्टिन पुगेका थिए, रुजले डुच फ्रान्जोसी जाहबुचरलाई छाडेका थिए । यद्यपि छुट्टिए पनि माक्र्स र रुजको मित्रता रहिरहेको थियो । १५ जनवरी १८४५ मा माक्र्सलाई पेरिस पुलिसले माक्र्सलाई २४ घन्टाभित्र पेरिस जोड्ने वारेन्ट जारी गर्दा पनि आदेश दिँदा पनि रुजले छाडे पनि माक्र्सहरूले डुच फ्रान्जोसी जाहबुचर प्रकाशित गरिराख्नुभयो । पेरिसका प्रशासकहरूद्वारा माक्र्सलाई ३ फेब्रुअरी १८४५ मा देश निकाला गरिदिए र जेनी र ए छोरी लिएर उहाँहरू ब्रसेल्स जानुभएको थियो । ६ सेप्टेम्बर १८४४ मा पेरिस छाडेपछि, एङ्गेल्स घर बर्मेन, जर्मनी बेलायतका मजदुरहरूको अवस्थाका बारेमा लेख्न फर्कनुभएको थियो जुन मे १८४५ प्रकाशित भएको थियो । यो पुस्तक प्रकाशित हुनुभन्दा पहिला अप्रिल १८४५ मा माक्र्ससँग जर्मन दर्शन नामको कितावमा सहकार्य गर्न ब्रसेल्स जानुभएको थियो । यद्यपि उहाँहरूको यो सम्पर्क दुवैका लागि धेरै नै महत्वपूर्ण भयो । जर्मनीमा राजनीतिक सङ्गठन जर्मन मजदुर पार्टी बनाउन सुरु भएको थियो ।
ब्रसेल्स बसाइ :
     १८४५ देखि १८४८ सम्म एङ्गेल्स र माक्र्स ब्रसेल्समा बस्नुभएको थियो । उहाँहरूको समय जर्मन मजदुरहरूको सङ्गठन निर्माणमा बिताउनुभयो । छोटै समयमा उहाँहरूले भूमिगत रूपमा जर्मन कम्युनिस्ट लिगसँग सम्पर्क गरेर जोडिनुभएको थियो । १८३७ मा निर्माण भएको पुरानो लिगको उत्तराधिकारी त्यही कम्युनिस्ट लिग थियो तर भर्खरै त्यसलाई हटाइएको थियो । विल्हेल्म वेइट्लिङ्गद्वारा प्रभावित, युरोपका विभिन्न सहरहरूमा शाखा रहेको कम्युनिस्ट सर्वहारावर्गको अन्तर्राष्ट्रिय क्रान्तिकारी विभागहरू थियो । कम्युनिस्ट लिगको लुइस अगस्ते बाबुनिनको भूमिगत षड्यन्त्रमूलक सङ्गठन पनि सम्पर्कमा थियो । माक्र्स, एङ्गेल्सलगायत भर्खरका धेरै साथी त्यसका सदस्य बनेका थिए । धेरै सदस्य बनिसकेपछि बनेको कम्युनिस्ट लिग कमिसनले माक्र्स र एङ्गेल्सलाई कम्युनिस्टको सिद्धान्तलाई व्याख्या गर्दै एउटा पम्ल्प्लेट तयार पार्ने जिम्मा दिएको थियो । पछि त्यही पम्प्लेट नै कम्युनिस्ट घोषणापत्रका रूपमा चिनिएको थियो । ‘कम्युनिस्ट क्रान्तिद्वारा शासकवर्गहरूलाई परेसान गरौँ । सर्वहारावर्गसँग हत्कडीबाहेक गुमाउनका लागि केही हुँदैन । उनीहरूसँग जित्नका लागि संसार छ…सबै देशका मजदुरहरू एक होऔँ !’ भन्ने विश्वप्रख्यात वाक्यांशसहित २१ फेब्रुअरी १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको थियो । कम्युनिस्ट घोषणापत्र लेखनमा माक्र्स, एङ्गेल्स, जेनी र मेरी एकसाथ हुनुहुन्थ्यो ।
पर्सिया फिर्ता :
       फ्रान्समा १८४८ क्रान्ति भैराखेको थियो जुन पश्चिम युरोपभरि तीव्रमा फैलिएको थियो । त्यो घटनाले माक्र्स र एङ्गेल्सलाई आफ्नो गृहभूमि पर्सियाली साम्राज्यमा फर्किने कारण बनाएको थियो । मुख्य रूपमा कोलोने सहरमा । उनीहरूले नयाँ रेइनिस जेइटुङ दैनिक पत्रिकाको सम्पादन गर्नुपर्ने भयो । त्यहाँ काम गर्दै गर्दा एङ्गेल्सकी आमा नयाँ जेइटुङ रेइसिङको कोलोनेमा क्रान्तिकारी प्रभाव परेको अज्ञानतापूर्वक साक्षी बन्न पुगेकी थिइन् । उनले एङ्गेल्सहरूको सहभागितालाई लिएर त्यहाँ भएको सरकारविरोधी गतिविधि र राज्यमा देखापरेको समस्याको मुख्य कारक एङ्गेल्सहरू भएको भनेकी थिइन् । साँच्चै नै कम्युनिस्ट घोषणाको सार्वजनिकीकरणपछि युरोपमा मजदुर आन्दोलनले निकै ठूलो उथलपुथल ल्याएको थियो ।
       म्यान्चेस्टर फर्किएर एङ्गेल्स फेरि बाबुको मिलमा क्लर्कका रूपमा काम गर्न थाल्नुभएको थियो । त्यो समयमा माक्र्स लन्डनमा नै हुनुहुन्थ्यो । अप्रिल १८५३ को सुरुमा नै रुसका बुर्जुवा कुलीनहरूको क्रान्तिका विरुद्ध उभिनुभयो जसले सेन्टपिटसबर्गमा आन्तरिक गृहयुद्ध निम्त्याएको थियो । त्यो क्रान्ति सम्भव त भएन । १८८१ सम्म माक्र्स र एङ्गेल्स दुवैले रुसमा बुर्जुवा सत्तामा घुसपैठ नगरीकन सीधै कम्युनिस्ट अवस्थामा सकिन्छ कि भन्ने प्रत्यक्ष निगरानी गर्नुभएको थियो । रुसका गाउँहरूमा खडा गरिएका कम्युन वा अबस्चिाहरूको चरित्रहरूका आधारमा विश्लेषण गर्नुभएको थियो । यसलाई माक्र्सको १८६७ मा प्रकाशित पुँजीलाई आधार मानेर जर्जी प्लेखानोभले गरिब किसानको कम्युनको अवधारणा ल्याएका थिए ।
      १८७० मा एङ्गेल्स लन्डनतिर लाग्नुभयो र माक्र्सको मृत्यु नभएसम्म (१८८३) बस्नुभयो । मेरी बर्नको १८६३ मा अचानक मुटुको रोगले मृत्यु भयो । त्यसपछि मेरीकी अर्की बहिनी ल्याडिया (लिज्जी) को नजिक हुनुभयो । उहाँहरू ११ सेप्टेम्बर १८७८ सम्म लिज्जीको मृत्यु नभएसम्म लन्डनमा नै बस्नुभयो ।
एङ्गेल्सका पछिल्ला वर्षहरू :
      माक्र्सको मृत्युपछि एङ्गेल्स आफ्नो जीवन माक्र्सको नसकिएको पुँजी लेखन र सम्पादनमा लाग्नुभयो । यद्यपि उहाँले मानवविज्ञानका प्रमाणहरूमा बहस गर्नुभयो । त्यसैबाट विवाहमा एकनिष्ठताको अवधारणा ल्याउनुभएको थियो । उहाँले परिवारको उत्पत्ति, निजी सम्पत्ति र राज्य भन्ने असाध्यै खोजपूर्ण पुस्तक तयार पार्नुभयो । ५ अगस्त १८९५ मा उहाँको गलाको क्यान्सरबाट मृत्यु भएको थियो । यसरी एउटा महान् मानवले जीवनभर सर्वहारावर्गको मुक्तिको बाटोको खोज गर्दै नयाँ सिद्धान्तको प्रतिपादन, उक्त सिद्धान्तको व्यावहारिक प्रयोग गर्दै व्यक्तिगत पुँजीको परित्याग गर्दै सिद्धान्त र व्यवहारमा क्रान्तिकारी सर्वहारा भएर संसार मुक्त गर्ने सिद्धान्त दिएर जानुभएको आज एक सय ९९ वर्ष पुगेको छ ।
निष्कर्ष :
     पुँजीवाद उन्मत्त भएको समय १९ औँ शताब्दीमा एउटा धनी उद्योग मालिकको पहिलो छोरो भएर पनि त्यस परिवारबाट विद्रोह गरेर सचेततापूर्वक सर्वहारा वर्गको मुक्तिका लागि कठोर परिश्रम र पछिल्लो क्रममा आर्थिक अभावले ग्रस्त भई रोगले ग्रसित भएर मृत्यु अँगाल्न पुग्नुभएका एङ्गेल्सको साम्यवादको सही र वैज्ञानिक सिद्धान्त प्रतिपादनमा निकै ठूलो महत्व रहेको छ । आफ्नै बाबुको धागो उद्योगमा काम गर्ने मजदुर महिलासँग सम्बन्ध राख्दै जीवनसँगिनी स्वीकार गर्ने एङ्गेल्सले केवल माक्र्सलाई माक्र्सवादको प्रतिपादन र विकासमा मात्र सहयोगीका रूपमा रहनुभएन, आफैँले पनि भौतिकवादका सिद्धान्तहरू प्रतिपादन गर्नुभएको छ । ड्युरिङ मत खण्डन उहाँको भौतिकवादको उच्च र उत्कृष्ठ पुस्तक हो । त्यसैगरी कम्युनिस्ट समाज कस्तो हुन्छ, निजी सम्पत्ति, परिवार र राज्य के हो भन्नेबारेमा लामो अनुसन्धान गर्नुभएको छ । वास्तवमा पुँजीवादले मजदुरलाई कसरी दमन र शोषण गरेको छ भनी उहाँले नै बेलायतमा बसेर खोज गर्नुभयो ।
      उहाँले द होली फ्यामिली (१८४४), द कन्डिसन अफ वर्किङ क्लास इन इङ्ल्यान्ड (१८४५), हेर्र युगेन ड्युरिङ्स रिभोल्युसन इन साइन्स (१८७८), सोसियालिज्म ः युटोपियन और साइन्टिफिक (१८८०), डायलेटिक्स अफ नेचर (१८८३) र द ओरिजिन अफ फ्यामिली, प्राइभेट प्रोपर्टी एन्ड द स्टेट (१८८४) लेख्नुभयो । यसका साथै कम्युनिस्ट घोषणापत्र, दर्शनको दरिद्रतामा माक्र्ससँगै काम गर्नुभयो । भनिन्छ, एङ्गेल्स नभएको भए माक्र्सवाद पूर्ण हुने थिएन । त्यसमा धेरै सत्य रहेको छ । माक्र्सका प्रत्येक जस्तो पुस्तकहरूको भूमिका एङ्गेल्सले लेख्नुभएको छ । माक्र्सले पूरा गर्न नभ्याएको पुँजीलाई उहाँले नै पूरा गर्नुभयो । १८६४ देखि १८७६ सम्म कायम रहेको पहिलो अन्तर्राष्ट्रिय माक्र्स मिलेर गठन गर्नुभएको थियो भने १८८९ देखि १९१४ सम्मको दोस्रो अन्तर्राष्ट्रियको पुनर्गठन गर्नुभएको थियो । अहिलेको विश्वले फेरि पनि सर्वहारावर्गीय मुक्तिको आवश्यकताको बोध गरेको छ । माक्र्स–एङ्गेल्सले प्रतिपादन गरेको माक्र्सवादबाट मात्र पृथ्वीबासी श्रमजीवीको मुक्ति सम्भव छ । संसारका सबै अन्तर्विरोधहरूको समाधान सम्भव छ भन्ने देखाइसकेको छ ।

२०७५ मंसिर २० गते बिहिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :