नेकपाको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौँ : कञ्चनपुरकी छोरी निर्मला पन्तको गत साउन १० गते भएको बलत्कार र बलत्कारपछिको हत्यामा सङ्लग्न दोषिलाई कारबाही गरी निर्मला पन्तलाई न्याय दिन नसकेको भन्दै ओली सरकार विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन गरिरहेको बेला केही ठाउँमा प्रहरीले हस्तक्षेप गरी कार्यक्रम विथोलेको छ । यसैगरी नेकपा उदयपुरले जिल्लाको बेल्टारमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपबाट कार्यक्रमको लागि तयार गरिएको ब्यानर नियन्त्रणमा लिई च्यातिएको जानकारी उदयपुर संवाददाताले दिएका छन् ।

यसैगरी निर्मला पन्तको न्यायका लागि जनप्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले ७ जना नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेको छ । दाङको लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण कार्यक्रम गरिरहेका नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्यहरू किरण डाँगी, एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरी, कृष्ण पुन, सरोज विक, देवराज पुन, गणेश सुनार लगायत विद्यार्थीलाई इलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक अरुण सिंहको नेतृत्वको प्रहरी टोलीले विनाकारण ७ जनालाई गिरफ्तार गरेको नेकपा दाङले जनाएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यले अहिलेसम्म अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन नसकेको र उक्त घटनामा राज्यले देखाएको उदासिनता, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले आम नेपालीलाई लज्जित तुल्याएको अवस्थामा दबाबस्वरुप शान्तिपूर्ण कार्यक्रम भइरहेकोबेला प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपाले विरोध गरेको छ ।

२०७५ मङ्सिर १६ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :