सङ्गठनमा नरहेको जानकारी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा जबस इञ्चार्ज जीवन्तले शनिबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य कर्मी महासङ्घका हालै भएको राष्ट्रिय भेलाले टीका कँडेलको अध्यक्षतामा गठन गरेको समिति नै आधिकारिक रहेको जनाएका छन् । उनले प्रमोद योगी चिरञ्जीवीलाई सङ्गठनको नीति विपरित काम गरेकाले कारबाही गरिएको पनि जनाएका छन् । उनीलाई कारबाही गरिएकाले उनीसँग सङ्गठनको नामबाट कुनै काम कारबाही नगर्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेका छन् । साथै स्वास्थ्य सम्बन्धी साधाराण शाखाका इञ्चार्ज निराजनलाई पार्टीले अन्यत्र जिम्मा दिइएको पनि विज्ञप्तिमा जनाइएको छ ।

२०७५  मङ्सिर १५ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :