जनताकाबीचमा सुनिल-निर्मम स्मृति सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले २०६२ साल मङ्सिर १४ गतेका दिन रोल्पाको जिनाबाङको महिनामारेमा तत्कालीन शाहीसेनाले गरेको हवाई आक्रमणका क्रममा शहादात प्राप्त गर्नु भएका तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनमुक्ति सेनाका डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’ र सह—ब्रिगेड कमाण्डर झक्कु पुन ‘निर्मम’को १३ औँ स्मृति दिवस मनाएको समाचार प्राप्त भएको छ । समाचारमा जनाइए अनुसार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको विशेष उपस्थिति रहनुका साथै ठूलो संख्या स्थानीय जनसमुदाय भेला भएका थिए ।

२०६२ सालमा प्रथम डिभिजन घोषणा कार्यक्रममा प्रमुख अतिथि भई प्रशिक्षण दिएका विप्लवको सामुन्नेमा नै सुनिल र निर्ममको शाहादात भएको थियो । समाचारमा जनाइए अनुसार विप्लवले उक्त दिनको स्मरण गर्दै सुनिल र निर्ममले देखेको सपना साकार पार्नकालागि आफ्नो पार्टी एकीकृत जनक्रान्तिको बाटोमा अघि बढिरहेकाले सबै सहिदका सपना, बेपत्ता, घाइते योद्धाहरुको चाहाना र इच्छा पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।

२०७५  मङ्सिर १५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :